काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ ।
ओलीसंग वार कि पार गर्ने विषयमा आफ्नो तर्फबाट एजेण्ड प्रस्तुत गर्न बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने काम सकिएको एक नेताले बताएका छन् ।
नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । सुझाव दिने काम सकिएकोले बैठकमा उठेका धारणहरुलाई निष्कर्षमा लैजान अहिले स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेको केन्द्रीय सदस्य मेटामणि चौधरीले बताएका छन् ।
उनका अनुसार बैठकमा धेरै सदस्यहरुले पार्टी एकताका लागि सम्माजनक समायोजन हुन जरुरी छ । ‘केपी ओलीमा अझै पनि दम्भ, षड्यन्त्र, जालझेल, आफुहरुमाथि दमन गरी पेल्लने मनस्थितिमा रहेकाले पार्टीकतामा विश्वास छैन’, उनले भने, ‘अन्तिम विकल्पसम्म अफुहरुले एकताका लागि पहल गर्दा समेत ओली सच्चिन तयार नभए विद्रोह गर्नुपर्छ। हामी अपमानजनक पार्टी एकता होइन, सम्मानजनक र सुदृढ पार्टी एकताका पक्षमा छौं ।’
दशबुँदे सहमतिले पार्टी एकताको आधार तयार पारे पनि पछिल्लो समय अध्यक्ष ओलीकै कारण एकता विथोल्एिको उनले दावी गरे । ओली ओलीले एकता चाहेका छैनन’, उनले भने, ‘एक्लौटी बैठक राखेर निर्णय गर्ने, वरिष्ठ नेतामाथि गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको माहोल भत्किएको छ ।’
उनले १० बुँदे सहमतिका आधारमा संसदको पूर्णकार्यकाल सञ्चालन हुने वातावरण, ओलीबाट गरिएका गम्भिर अपराध भएको प्रति माफि माग्नु पर्ने बताए । यथास्थितिमा पार्टी एकतबद्ध हुन नसक्ने भन्दै उनले शीर निहुर्याएर ओलीसंग झुक्नु भन्दा बृहत वाम एकतामा अगाडि बढ्नुपर्ने जिकिर गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - ०८:०८
जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...
माघ २० गते, २०८२ - ०८:०३
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...
माघ २० गते, २०८२ - ०७:५७
बालुवामा सुनका कण भेटिनुको अर्थ
माघ २० गते, २०८२ - ०७:२७
काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...
माघ २० गते, २०८२ - ०७:१८
दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...
माघ २० गते, २०८२ - ०७:१७
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...
माघ २० गते, २०८२ - ०७:०८
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...
माघ २० गते, २०८२ - ०७:०६
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...
माघ २० गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: