Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

सांसद विमलालाई बन्धक बनाउने शंकर पोखरेल र भूमिश्वरमाथि कहिले हुन्‍छ कारबाही ?

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको डिजाइनमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालसहितको टोलीले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई दाङ तुल्सीपुरबाट अपहरणको शैलीमा बुटवल ल्याएर बन्धक बनाएको तथ्य खुलेको छ ।

नेकपा माओवादी संसदीय दलको मूल ब्यानरमा बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाइराखेको बताइन् । आफूले गत १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उनले भनिन्– ‘म माओवादी केन्द्रकी हो, माओवादीमै रहन्छु र छु ।’

आजको नेपाल समाचारपत्रमा खबर छ- यही १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र दाङका स्थानीय नेता मानबहादुर राउत वलीको तुलसीपुरस्थित घरमा पुगेको उनले बताइन । उनीहरूले एमालेमा आउन दबाब दिएको, तर आफूले यसअघि नै इन्कार गरेको वलीको भनाइ थियो । आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेकाले विश्वास गरेर गाडीमा बसेको वलीले बताउनुभयो ।’

तुलसीपुरबाट नेपालगञ्ज जानका लागि भन्दै महेन्द्र राजमार्गको अमिलिया पुर्‍याएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासि बुटवलतिर मोडेको भन्दै उनले भनिन्– ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहेँ तर मेरो कुरा उहाँहरूले सुन्नुभएन । उहाँहरूले एकपटक मुख्यमन्त्री शंकर पोखरेललार्ई भेट्नुपर्‍यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवास बुटवलमा पुर्‍याइयो ।’

पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको बताइन । उनले भनिन्– ‘मैले निरन्तर इन्कार गरिरहेँ । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवास बुटवलबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’ मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको तथा थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको वलीले आरोप लगाए । तर, हस्ताक्षर दलको बैठकको गराए कि जिल्ला कमिटीको गराए आफूलाई थाहा नभएको प्रतिक्रिया दिइन् ।

‘हस्ताक्षर गराएपछि अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेकी थिएँ, तर अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै बन्धक बनाए’ –उनको जिकिर थियो ।

उनले साउन २० गते मुख्यमन्त्री निवासमा मध्याह्नतिर सबै आराम गरिरहेका बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा अटो रिक्सा चढेर पुगेको बताइन् । ‘भाग्ने त पहिल्यै प्लान गरेकी थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनेँ । त्यही बेला कसैलाई नदेखेपछि भागेर आएँ’ –पत्रकार सम्मेलनमा उहाँले घटनाबारे कारुणिक पीडा सुनाइन् । उनले अझै पनि आफ्नो झोला र केही सामान मुख्यमन्त्री निवासमै रहेको समेत बताइन् ।

सत्ता टिकाउन सांसद अपहरण गर्ने र बन्धक बनाउनेहरूलाई के कस्तो कारबाही हुने हो कसले कारबाही गर्ने र कस्तो कारवाही हुने हो त्यो भने सोचनीय विषय रहेको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले वलीको वास्तकिताका बारेमा जारी विज्ञप्ति पढेर सुनाएका थिए ।

यता, नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्रीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालले बताए ।

सांसद विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइको भन्दै प्रदेशमा क्रियाशील विपक्षी राजनीतिक दलहरूले गम्भीर आपत्ति प्रकट गरेका छन् । त्यस्तै, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई उहाँकै घरबाट अपहरण गरी शरीर बन्धक बनाएको घटनाको भत्र्सना गरेका छन् ।

उनीहरूले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा वलीलाई बन्धक बनाइएको जनाएका छन् । पोखरेल सरकार वैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रूपमा सञ्चालन हुँदै आएको सर्वविदितै भएको उनीहरूले जनाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE