Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सांसद विमलालाई बन्धक बनाउने शंकर पोखरेल र भूमिश्वरमाथि कहिले हुन्‍छ कारबाही ?

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको डिजाइनमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालसहितको टोलीले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई दाङ तुल्सीपुरबाट अपहरणको शैलीमा बुटवल ल्याएर बन्धक बनाएको तथ्य खुलेको छ ।

नेकपा माओवादी संसदीय दलको मूल ब्यानरमा बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाइराखेको बताइन् । आफूले गत १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उनले भनिन्– ‘म माओवादी केन्द्रकी हो, माओवादीमै रहन्छु र छु ।’

आजको नेपाल समाचारपत्रमा खबर छ- यही १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र दाङका स्थानीय नेता मानबहादुर राउत वलीको तुलसीपुरस्थित घरमा पुगेको उनले बताइन । उनीहरूले एमालेमा आउन दबाब दिएको, तर आफूले यसअघि नै इन्कार गरेको वलीको भनाइ थियो । आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेकाले विश्वास गरेर गाडीमा बसेको वलीले बताउनुभयो ।’

तुलसीपुरबाट नेपालगञ्ज जानका लागि भन्दै महेन्द्र राजमार्गको अमिलिया पुर्‍याएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासि बुटवलतिर मोडेको भन्दै उनले भनिन्– ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहेँ तर मेरो कुरा उहाँहरूले सुन्नुभएन । उहाँहरूले एकपटक मुख्यमन्त्री शंकर पोखरेललार्ई भेट्नुपर्‍यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवास बुटवलमा पुर्‍याइयो ।’

पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको बताइन । उनले भनिन्– ‘मैले निरन्तर इन्कार गरिरहेँ । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवास बुटवलबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’ मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको तथा थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको वलीले आरोप लगाए । तर, हस्ताक्षर दलको बैठकको गराए कि जिल्ला कमिटीको गराए आफूलाई थाहा नभएको प्रतिक्रिया दिइन् ।

‘हस्ताक्षर गराएपछि अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेकी थिएँ, तर अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै बन्धक बनाए’ –उनको जिकिर थियो ।

उनले साउन २० गते मुख्यमन्त्री निवासमा मध्याह्नतिर सबै आराम गरिरहेका बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा अटो रिक्सा चढेर पुगेको बताइन् । ‘भाग्ने त पहिल्यै प्लान गरेकी थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनेँ । त्यही बेला कसैलाई नदेखेपछि भागेर आएँ’ –पत्रकार सम्मेलनमा उहाँले घटनाबारे कारुणिक पीडा सुनाइन् । उनले अझै पनि आफ्नो झोला र केही सामान मुख्यमन्त्री निवासमै रहेको समेत बताइन् ।

सत्ता टिकाउन सांसद अपहरण गर्ने र बन्धक बनाउनेहरूलाई के कस्तो कारबाही हुने हो कसले कारबाही गर्ने र कस्तो कारवाही हुने हो त्यो भने सोचनीय विषय रहेको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले वलीको वास्तकिताका बारेमा जारी विज्ञप्ति पढेर सुनाएका थिए ।

यता, नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्रीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालले बताए ।

सांसद विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइको भन्दै प्रदेशमा क्रियाशील विपक्षी राजनीतिक दलहरूले गम्भीर आपत्ति प्रकट गरेका छन् । त्यस्तै, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई उहाँकै घरबाट अपहरण गरी शरीर बन्धक बनाएको घटनाको भत्र्सना गरेका छन् ।

उनीहरूले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा वलीलाई बन्धक बनाइएको जनाएका छन् । पोखरेल सरकार वैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रूपमा सञ्चालन हुँदै आएको सर्वविदितै भएको उनीहरूले जनाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending