Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्नेगरी मात्रै एकता हुन्छ - नेपाल

खबरडबली संवाददाता

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्नेगरी मात्रै एकता हुने बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्नेगरी मात्रै एकता गर्न तयार रहेको बताएका छन् । 

नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए । नेपाल नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, पार्टी मैले बनाएको हुँ । एजेन्डामा हामीले जितेका छौं । केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो । एकताको लागि तयार छौं तर सम्मानजनक एकता हुनुपर्छ ।'

एकता कसरी गर्ने भन्नेबारे हाम्रा कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको उल्लेख गर्दै नेपालले ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताए । ‘जिल्लामा एकपक्षीय अधिवेशन अघि बढाउने भन्ने कुराले एकतामा कति असर पुग्छ ? यसबारे साथीहरु जानकार नै हुनुहुन्छ होला । महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्नेगरी मात्रै एकता हुन्छ’, नेपालको भनाइ थियो । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...

अर्थमन्त्रीले करका दर हेरफेर गरी संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप – निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ब...

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

दाङ। रोल्पामा आज  बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...

अमेरिकाले प्रहार गरेको ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...

नक्कली सरकारी कार्यालय खडा गरी ठगी, बर्दियाबाट एक दम्पती पक्राउ

बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै सांसद सिंहको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभामा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको ...

सरकारको आगामी बजेट ‘फुकेको बेलुन’ जस्तो, कार्यान्वयनमा विश्वास छैन: सांसद सिंह

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा गम्भीर शंका व्यक्त गरेका छन्। ...

ग्रामीण तथा विकट क्षेत्रका समस्यालाई बेवास्ता गरियो: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई कडा आलोचना गरेका छन्। उनले बजेटलाई “खुट्टाको घाउजस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending