Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित

\"cricet\"१४ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीपको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित भएको छ । स्कटल्यान्डस्थित एलोबेमा वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २३६ रनको लक्ष्य पाएको थियो । धेरैजसो खेलमा नेपालको ब्याटिङ् पक्ष फितलो रहँदै आए पनि गएरातिको खेलमा नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन भने सकेनन् । अनिल मण्डलको शतकीय पारी र कप्तान पारस खड्काको ७० रनका बाबजुद नेपालले अन्तिम दुई ओभरमा २५ रन बनाउन नसक्दा महत्वपूर्ण दुई अङ्क बटुल्नबाट चुक्यो । ओपनर महेश क्षेत्री र अनिल मण्डलले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरे । महेश २१ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल १८ रनमा आउट भए । अनिल र कप्तान पारसले शतकीय साझेदारी गर्दै नेपाललाई जित नजिक पु¥याए । अन्तिम दुई ओभरमा नेपाललाई २५ रन चाहिएको थियो । पैँतीसौँ ओभरको चौथो बलमा पारस क्याच आउट भए । अनिल मण्डलसँग १३९ रनको साझेदारी गरेका पारस व्यक्तिगत ७० रनमा आउट भएका थिए । अर्को बलमा शरद भेसवाकर शून्यमै आउट भए । अन्तिम ओभरमा नेपाललाई १७ रन चाहियो । तर पहिलो बलमा अनिल मण्डल पनि आउट भए । मण्डलले ९३ बलमा नौ चौका र एक छक्कासहित १०० रन बनाए । गत असारमा सम्पन्न ट्वेन्टी ट्वेन्टी विश्वकप छनोटमा लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपाली टोलीको लागि आज स्कटल्यान्डविरुद्धको खेल निकै महत्वपूर्ण मानिएको थियो । यसअघि, एक दिवसीय क्रिकेटमा नेपाल र स्कटल्यान्ड एक पटक आमनेसामने भएका थिए । यसको नतिजा स्कटल्यान्डको पक्षमा गएको थियो । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा नेपाल उक्त प्रतियोगिताको लागि छानिएको हो । आठ देश सहभागी उक्त च्याम्पियनसीप सन् २०१९ को इङ्ल्यान्ड र वेल्समा हुने विश्वकपका लागि छनोटको आधार पनि हो । यसबाटै छ टोली दोस्रो चरणमा पुग्नेछन् । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री ९विकेट किपर०, अनिल मण्डल, शरद भेषवाकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending