काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ ।
यूएन मिसनको प्रि-स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो ।
आजको राजधानीमा खबर छ- गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।
तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए-नभएको खुलेको छैन ।
प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।
छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ ।
हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।
अनुसन्धानको दायरामा लिइएका केही प्रहरी अधिकारीलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ मा आन्तरिक थुनामा राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । प्रश्नपत्र आउट भएपछि डीएसपी खड्कासहित आठ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएको बताइन्छ ।
प्रधान कार्यालयबाट साइबर ब्युरोमा सरुवा भएका कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको अनुसन्धानमा खुल्न आएको छ । यस्तै, यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको पनि सो प्रकरणमा संलग्नताको आशंका छ ।
घटनाको अनुसन्धान गर्न बनाइएको छानबिन समितिका संयोजक डीआईजी लामाले अनुसन्धान जारी रहेको र छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिए ।
‘के कसरी कारण प्रश्नपत्र आउट भयो ? कोको संलग्न थिए ? भनेर अनुसन्धान हुँदै छ । केहीलाई निगरानीमा राखेका छौं, छिट्टै सत्यतथ्य ल्याउँछौं,’ प्रहरी प्रधान कार्यालयका डीआईजी लामाले भने ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका सएसपी वसन्त कुँवरले प्रश्न पत्र आउट गर्नेहरूउपर के हुन्छ ? भन्ने प्रश्नमा छानबिन समितिको निष्कर्षका आधारमा टुंगो लाग्ने जानकारी दिए ।
‘छानबिन समितिको निष्कर्ष कुरौं, त्यसपछि केही कुरा आउला, केही आए त्यहीअनुसार सिफारिस होला,’ प्रहरी प्रवक्ता कुँवरले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: