Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पहिरोमा पुरिएर म्याग्दीमा पाँच जना बेपत्ता

\"म्याग्दी\"१४ साउन, म्याग्दी । म्याग्दीको मुदी र मुनामा बुधबार राति पहिरोले पुरिएर पाँचजना बेपत्ता भएका छन् । मुदी गाविस–५ नेरवाङको गारखोरियामा पहिरोले गोठ पुरिँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका छन् । मुना गाविस–४ कुनौटोमा पनि पहिरोले पुरिएर एक बालिका बेपत्ता भएकी छन् । घरमाथिको खोला थुनिएपछि आएको बाढीले घर पुर्दा ९ वर्षीया एलिना पहरे पुन बेपत्ता भएको मुनाबाट स्थानीय अगुवा देवेन्द्र रोकाले जानकारी दिए । बालिकाको बुवा सामान्य घाइते भएका छन् । स्थानीयवासी र प्रहरीले बेपत्ताको खोजी गरिरहेका छन् । यसैगरी मुदीको गारखोरियामा गोठ पुरिँदा त्यहाँ रहेका कम्तीमा चार गोठाला बेपत्ता भएको प्रथम धौलागिरि जनयुवा क्लब मुदीका अध्यक्ष खबिन घर्तीले जानकारी दिए । बेपत्ताको पहिचान खुल्न सकेको छैन । बेपत्ता हुनेको सङ्ख्या अझ बढ्न सक्ने स्थानीयवासीको अनुमान छ । स्थानीयका अनुसार पहिरोले सयवटा बाख्रा र ५० वटा गाई, भैँसी पनि पुरेका छन् । बिहीबार बिहानै बेपत्ताको खोजी तथा उद्धारका लागि मुदी र नेरवाङका बासिन्दा घटनास्थलमा पुगेका छन् । पहिरोपछि गौरखोलामा आएको बाढीले मुदी र नेरवाङ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । पुल नहुँदा उद्धारकर्तालाई घटनास्थलमा पुग्न समस्या भएको छ । नजिकको मुदी गाउँबाट घटनास्थलमा पुग्न दुई घन्टा पैदल हिँड्नुपर्छ । घटनास्थलमा ताकम प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली खटाएको म्याग्दीका प्रहरी नायब उपरीक्षक हीरा गिरीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending