Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

गठन गरिएको विभागमा झापाली र आफन्‍त धेरै समेटिएपछि ओली समूहभित्रै असन्तुष्टि

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहभित्रै असन्तुष्टि देखिएको छ । एमालेले सोमबार गठन गरेको पार्टीका नौ केन्द्रीय विभागमा अध्यक्ष ओलीले गरेको नियुक्तिप्रति एमालेभित्रै असन्तुष्टि देखिएको हो ।
विभाग गठन र नियुक्तिमा समानुपातिक, समावेशी र योगदानका आधारमा नगरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् । अध्यक्ष ओलीले एक्लैटी ढंगबाट विभागका सदस्यहरु नियुक्त गरेको र आफ्नै पक्षका नेतालाई स्थान दिएको नेताहरुको भनाइ छ ।

दृष्टिमा खबर छ- ओली आफन्त र जिल्लाबासीभन्दा टाढा जान नसकेको नेताहरुको गुनासो छ । गठन गरिएका नौ विभागमध्ये ३ वटा विभाग प्रमुखमा ओलीसहित तीनजना झापालीले नेतृत्व पाएका छन् ।

सोमबार सदस्य तोकिएका विभागहरूमा पार्टी स्कुल विभाग (प्रमुखः केपी शर्मा ओली), सङ्गठन विभाग (प्रमुखः विष्णुप्रसाद पौडेल), प्रचार विभाग (प्रमुख : प्रदीप ज्ञवाली), संसदीय विभाग (प्रमुख : सुवास नेम्वाङ), आर्थिक विभाग (प्रमुख : विष्णु रिमाल), पर्यटन प्रवद्र्धन विभाग (प्रमुख : भानुभक्त ढकाल), विदेश विभाग (प्रमुख : डा राजन भट्टराई), स्थानीय तह विभाग (अग्नि खरेल) र निर्वाचन विभाग (प्रमुख : देवेन्द्र दाहाल) छन् ।

निर्वाचन विभाग प्रमुख भएका देवेन्द्र ओलीलाई झापामा चुनाव जिताउने खटिएका थिए । झापाको गैरादहका खरेल निर्वाचन विभाग प्रमुख बनेका छन् ।

यही कारणले पार्टीभित्र थप विवाद निम्तिने देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE