Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

यो हो प्रचण्ड माधव नेपाललाई दैनिक जसो भेट्‍न जानुको खास कारण

खबरडबली संवाददाता

काठमाडौँ । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सक्नुभएको छैन । सत्ता गठबन्धनका दलहरूबीच कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले भने आगामी शुक्रबारसम्ममा मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल जारी रहेको जानकारी दिँदै भने–‘पार्टीभित्र मन्त्री छान्ने विषयमा गृहकार्य भइरहेको छ ।’नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनको साझा कार्यक्रम तयार गर्न समय लागेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको बताए ।

उनले भने– ‘शुरूमा त माधवजीहरूलाई पनि कुरेको हो, अहिले माधवजीकै कारण मन्त्रीमण्डल विस्तार रोकिएको भने होइन, साझा कार्यक्रम सार्वजनिक भएपछि विस्तार होला कि ?’ उनका अनुसार नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ । सत्तारूढ गठबन्धनले सरकाको न्यूनतम साझा कार्यक्रम तयार गरेर मन्त्रीमण्डल विस्तार गर्ने नीति लिए पनि साझा कार्यक्रम बनाउन गठित कार्यदलले अझै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशिस जारी राखेका छन् ।

आजको नेपाल समाचारपत्रमा खबर छ- मंगलबार पनि प्रचण्डले नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । नेता नेपालले प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल विस्तार गरेर अगाडि बढ्न सुझाव दिइसकेका छन् । तर, माओवादीका अध्यक्ष प्रचण्डले दैनिकरूपमा नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । उता नेपाल समूहका २२ जना सांसदले सरकारमा सहभागी हुन दबाब दिइरहेका छन् ।

सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबण्डामा मोटामोटी सहमति जुटे पनि कुन–कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा अझै टुंगो लाग्न नसकेको बताइएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्रालय दाबी गरेको छ । तर, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा समान हुनुपर्ने अडान राख्दै आएका छन् । यदि, नेपाल समूह आएको अवस्थामा सम्मानजक मन्त्रालय दिने विषयमा भने तीन दल सहमत भएका छन् । गठबन्धनमा कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा रहेका छन् । तर राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending