Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कास्कीको लुम्ले र भदौरे गाविसमा भिषण पहिरोमा १६ को मृत्यु ५५ बेपत्ता

\"pahero\"१४ साउन, कास्की । कास्की लुम्ले गाविसको वडा नम्बर ४ र ६ तथा भदौरे गाविसको तामागीमा बुधबार राति भिषण पहिरो गएको छ । पहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन् भने करिब ५५ जना बेपत्ता भएका छन । ती गाविसका करिब दुई दर्जन घरहरु पहिरोले बगाएको छ । ज्यान गुमाउनेमा लुम्ले गाविसमा ११ जना तथा भदौरे गाविसको तामागीका ५ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले खबरडबलीलाई जानकारी दिएको छ । उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको हेलिकप्टर सो क्षेत्रमा खटाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत तथा प्रहरी प्रमुख एसपी हरीबहादुर पाल घटनास्थल पुगी सकेका छन् । स्थानिय तथा जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार लुम्लेको बस्ती भएको ठाँउमा अहिले पहिरो र खोला बगी रहेको छ । पहिराेका कारण स्थानिय विस्तापित हुने भएका छन । पोखरा सदरमुकामदेखि ३२ किमी पश्चिम रहेको लुम्ले तथा पोखराको फेवातालदेखि पारी पट्टी भएको भदौरेमा गए राती पहिरो आएको हो । लुम्लेमा नौडाँडा प्रहरी चौकीबाट असई ज्ञानप्रसाद लामिछानेको नेतृत्वमा ४ जनाको टोली बिहानै घटना स्थल पुगेर स्थानियको सहयोगमा उद्धार कार्य जारी राखिएको थियो । लुम्लेमा ज्यान गुमाएका ११ जना मध्ये ६ जनाको सनाखत भैसकेको छ भने अन्यको सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुनेमा लुम्लेकी पद्मी देवकोटा, रत्ना पौडेल, बसन्त बीककी दुई नातिनी तथा छिरिङ शेर्पा र उनकी श्रीमति रहेको स्थानिय श्रीप्रसाद देवकोटाले खबरडबलीलाई जानकारी दिएका छन् । त्यस्तै भदौरे गाविसको तामागीमा ५ जनाको मृत्यु भएको छ भने पहिरोमा परेका १४ को जिवितै उद्धार गरिएको छ । पहिरोमा परि ज्यान गुएमाएका मध्ये दुई बालक र दुई महिलाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले खबरडबलीलाई जनाएको छ । अहिले पनि उद्धार कार्य जारी रहेकाले दुबै ठाँउमा मृतकको संख्या, घाइते तथा बेपत्ताको संख्या यकिन हुन नसकेको प्रहरीको भनाई छ । खबरडबलीसँग कुरा गर्दै कास्की प्रहरी प्रमुख एसपी पालले उद्धार तथा राहत कार्य जारी रहेकाले अहिले नै मृतक तथा बेपत्ताको संख्या यकिन साथ भन्न नसकिने बताए । पहिरो राती सुतेको अवस्थामा आएको हुनाले मृतकको संख्या बढ्न सक्ने असई लामिछानेले जानकारी दिए । अहिले पहिरो गएको ठाँउमा प्रहरी पुगी सकेको छ भने स्थानियहरुको सहयोगमा उद्धार तथा खोजी कार्य जारी रहेको छ । यसका साथै पोखरा–बाग्लुङ अवरुद्ध सडक समेत खुलाउने प्रयास भैरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending