Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

आफन्तलाई उपहारमा बीमा पोलिसी

रासस

नवलपुर । पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ ।

असारको अन्तिम साता पुस्तक व्यवसायी लेखरामरशिरिषा सापकोटा दम्पतीको वैवाहिक वर्षगाँठ थियो । वैवाहिक वर्षगाँठको अवसरमा लेखरामले आफ्नी श्रीमतीलाई उपहारस्वरुप बीमालेख (पोलिसी) प्रदान गरे । ‘विवावोत्सवमा हुने अतिरिक्त खर्च कटाएर श्रीमतीलाई बीमा पोलिसी दिँदा श्रीमती पनि खुशी, कमाइको केही रकम बचत पनि हुने भयो’ सापकोटाले भने, ‘जीवन बीमा गरेपछि जीवनमा कुनै भवितव्य परेमा पनि बीमा कम्पनीबाट राहत मिल्छ ।’

पछिल्लो समय समाजमा विवाहोत्सव, जन्मोत्सवलगायतका शुभकार्यमा फजुल खर्च हुने प्रचलन बढ्दै गएको सापकोटाले बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको गैँडाकोट–७ का स्थायी बासिन्दा सापकोटाको नारायणगढमा ‘सम्पूर्ण पुस्तक’ नामको पुस्तक पसल छ । सापकोटाले साहित्यिक तथा शैक्षिक पुस्तक बिक्री, वितरण गर्दै आएका छन् । यसैबाट भएको आम्दानीको केही रकम बचत गर्दै श्रीमतीका लागि बीमा पोलिसी उपहार प्रदान गरेको उनले बताए ।

‘हामीले मेहनत गरेर कमाइ गरेको पैसा थोरैथोरै गरी जम्मा गरेर बीमा गर्दा आर्थिक तथा अन्य क्षतिबाट हामी सुरक्षित हुन सक्छौँ’, सापकोटाले भने, ‘भोलि पैसा आवश्यक परेको अवस्थामा बीमा रकमबाट ऋण निकाल्न पनि मिल्नेरहेछ त्यसैले श्रीमतीलाई बीमा पोलिसी उपहार दिएको हुँ ।’ सापकोटाले शुभकार्यमा हुने फजुल खर्च कटाएर आफन्तको भविष्य सुरक्षित पार्नका लागि पनि बीमा गर्न सुझाव दिए । ‘बीमा गरिएको रकम आफ्नै लागि हो’, सापकोटाले भने, ‘जीवन रहँदा पनि काम लाग्छ, जीवनपछि विमितको आश्रित परिवारलाई पनि राहत मिल्छ ।’

साउन १४ गते परेको जन्मदिनको अवसरमा मध्यविन्दु नगरपालिका–३ कि आरती शर्माले पनि बीमा पोलिसी उपहार पाउनुभयो । आरतीको जन्मदिनका अवसरमा उहाँका आफन्तले बीमा पोलिसी ‘सरप्राइज गिफ्ट’का रूपमा प्रदान गरे । ‘मेरो जन्मदिन रमाइलो मात्रै गरेर मनाउने भन्दै पारिवारिक जमघट राखेको थिएँ’, शर्माले भने, ‘जन्मदिन मनाउन रमाइलो गरिरहेको अस्थामा नै मलाई एक्कासि मेरा आफन्तले बीमा पोलिसी उपहार प्रदान गरे ।’

जन्मदिनमा बीमा पोलिसी उपहार पाउँदा आफूलाई एकदमै खुशी लागेको शर्माको भनाइ छ । चौबिस वर्षीया शर्माको बीमा पोलिसीमा उहाँकी साढे तीनमहिने छोरीलाई समेत जोडेर ‘जीवन हेरचाह योजना’अन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी प्रदान गरिएको हो । शर्माको जन्मदिनको अवसरमा प्रदान गरिएको बीमा लेखको अवधि २० वर्षको रहेको छ भने कुनै कारण बीमा तिर्न नसक्ने अवस्था आएमा उहाँको छोरीलाई २० वर्षसम्म बीमा कम्पनीले जीवन हेरचाहस्वरुप रकम प्रदान गर्छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रबन्धक राजु थापाले जीवन हेरचाह योजनामा संलग्न बीमितमाथि नसोचेको भवितव्य भएर बीमा रकम तिर्न नसक्ने अवस्था आएमा तत्काल बीमाङ्क रकम उनले लाभग्राहीलाई उपलब्ध गराइने बताए । त्यस्तै बीमा अवधिभर हरेक तीन महिनामा बीमाङ्कको २.५ प्रतिशत रकम लाभग्राहीलाई उपलब्ध गराइने र बीमा अवधि सकिएपछि बीमाङ्कको दोब्बर पैसा लाभग्राहीलाई फिर्ता गरिने थापाले बताए । ‘जीवन हेरचाह योजनामा बीमितमाथि नसोचेको घटना (पूर्ण अशक्त वा मृत्यु भएमा) भएमा सोही दिनदेखि बीमा रकम तिर्नु पर्दैन’, थापाले भने, ‘तर, घटना हुनेबित्तिकै बीमितको लाभग्राहीलाई बीमाङ्क रकम फिर्ता, बीमा अवधिसम्म हरेक तीन महिनामा बीमाङ्कको साढे दुई प्रतिशत जीवन हेरचाह खर्च प्रदान र बीमा पोलिसी सकिएपछि बीमाङ्कको दोब्बर रकम फिर्ता हुन्छ ।’

पछिल्लो समय विवाहोत्सव तथा जन्मोत्सवमा आफन्तलाई बीमा पोलिसी उपहार प्रदान गर्ने प्रचलन बढेको थापाले बताए । गत आर्थिक वर्षको असारमा मात्रै १० भन्दा बढीले विवाहोत्सव तथा जन्मोत्सवमा आफ्नो शाखाबाट बीमा पोलिसी उपहार प्रदान गरेको थापाले जानकारी दिए । बीमा पोलिसीका कारण जीवन सुरक्षाका साथै भविष्यमा हुनसक्ने आर्थिक क्षतिबाट समेत जोगिने भएकाले पछिल्लो समय बीमा गर्नतर्फ मानिसको आकर्षण बढेको उनले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending