Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

सिकारु चालकको मनोमानीले सवारी दुर्घटनामा वृद्धि

रासस

जाजरकोट । कच्ची सडकमा सिकारु चालकको मनोमानीका कारण यातायातका साधन चलाउँदा दुर्घटना हुने क्रम बढेको छ । भर्खरै ट्र्याक खुलेको सडकमा सिकारुले यातायातका साधन जथाभावी चलाउँदा दुर्घटना हुने क्रम बढेको हो । दुर्गम गाउँमा स्थानीय तह तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सडकमा दुर्घटना बढेको पाइएको छ ।

ट्राफिक प्रहरीको नजर नपुग्ने ठाउँमा धेरै यात्रु राखेर तोकिएको दरभन्द बढी रकम असुल्दै सिकारु चालकको बदमासी गाउँतिर सरेको हो । गाउँका सर्वसाधारणलाई चालकसँग चालक अनुमतिपत्र भए/नभएकोबारे जानकारी नहुने हुँदा दुर्घटना हुने क्रम बढेको छ । 

नियमित मर्मतसम्भार नगरेको, बत्ती नभएका, गियर नलाग्ने यातायातका साधन धकेलेर सञ्चालन गर्दै यात्रु ओसारपसार गर्दा थप दुर्घटना बढेको हो । असारको पहिलो साता मोटरसाइकल दुर्घटना हुँदा बारेकोट गाउँपालिका–५ की कृष्णकुमारी शाहीको मृत्यु भयो । उनलाई मोटरसाइकलमा राख्ने चालक राजेन्द्रविक्रम शाही घाइते छन् तर उनीसँग चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ ।

त्यसको साता दिनअघि बारेकोट गाउँपालिका–८ लैखममा जिप दुर्घटना भयो । सो जिप चालकको समेत सवारी चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ । त्यहाँ एक जनाको मृत्यु भयो भने चार घाइते भए । तीन हप्ताअघि बारेकोटकै सक्लामा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भयो । उनको पनि सवारीचालक अनुमतिपत्र नभएको पाइएको थियो । गाउँमा सञ्चालनमा रहेका अधिकांश सवारी चलाउने चालकसँग चालक अनुमतिपत्र नभएको पाइएको छ । चालक अनुमतिपत्र नभएका चालकले यातायातका साधन सञ्चालन गरेर दुर्घटना हुने दर बढेपछि टा«फिक प्रहरीले निगरानी बढाएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विकले बताए ।

भेरी करिडोरको जाजरकोट बीच विन्दुमा पर्ने भएकाले जाजरकोट हुँदै धेरै सवारी साधन चल्ने गर्दछन् । विगत १० वर्षको तथ्याङ्क हेर्दा जाजरकोटमा दुई ठूला दुर्घटना भएर १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लामा जाजरकोट भएर सवारी साधन आवतजावत गर्ने भएपछि दुर्घटनाको दर बढेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा निगरानी कम हुँदा समस्या हुँदै आएको छ ।

नियम नमान्दा कारवाहीको दर उच्च

नियम नमानेर जथाभावी सवारी साधन चलाउँदा अघिल्लो आवको तुलनामा गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोब्बर राजश्व सङ्कलन गरेको छ । कार्यालयले मादक पदार्थ सेवन गरी चलाएको, सवारी चालक अनुमतिपत्र नभएको, जथाभावी सवारी पार्किङ गरेको, तोकिएभन्दा बढी भाडा लिएको आधारमा कारवाही गरी राजश्व उठाइएको बताएको छ । 

गत आव २०७६र७७ मा रु १८ लाख ६९ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले आव २०७७र७८ मा रु ४० लाख ४० हजार राजश्व सङ्कलन गरेको थियो । गत आवमा चार हजार ७५० सवारी साधनलाई कारवाही गरेको कार्यालयले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending