Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

प्रशासकीय भवनको निर्माण तीव्र

रासस
कास्की । माछापुच्छ«े गाउँपालिकाको अत्याधुनिक एवं सुविधासम्पन्न प्रशासकीय भवन निर्माण कार्यले तीव्रता पाएको छ । कोरोना कहरबीच स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई अघि बढाइएको हो 
 
वि.सं. २०७८ फागुन १६ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिीनियरिङ जेभीसँग गत वषृ भदौ १५ गते ठेक्का सम्झौता गरिएको सो भवनको हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका सव–इञ्जिनीयर राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
 
उनका अनुसार कूल रु छ करोड ६२ लाख ११ हजारको लागतमा निर्माण गरिने सो  अपाङ्गमैत्री तीनतले भवनमा ३६ कोठा र २०० व्यक्ति क्षमताको एक हलसहित अन्य दुई बैठक कोठा छन् । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समितिको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन गरिएको थियो भने बाँकी रकम गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ । 
 
साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा पछिल्लो समय सो भवन साँघुरो हुँदा सेवा प्रवाहमा अप्ठ्यारो परेको उहाँको भनाइ छ । नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिकसहित कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायतका विषयगत शाखा कार्यालयको समेत सेवा पनि एकै थलोबाट प्रवाह गर्न सुविधा पुग्ने विश्वास लिइएको छ । 
 
जिल्ला समन्वय समितिको रु ५९ लाख ९४ हजार ६४ तथा गाउँपालिकाको रु ३९ लाख ९६ हजार ४३ गरी कूल ९९ लाख ९० हजार १०७ लागतमा गाउँपालिकाको वडा ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । दुई तलाको सो पक्की भवन निर्माण गरिएको हो । पालिकाका अन्य आठ वडाका आप्mनै वडा कार्यालय भवनबाट सेवा प्रवाह भइरहेको छ ।
 
निर्माणाधीन प्रशासकीय भवनको अनुगमन 
 
पोखरा महानगरपालिकासहित पाँच स्थानीय तहमध्येमा पहिलो निर्माणाधीन माछापुच्छ्रे«को प्रशासकीय भवनको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री नेतृत्वको टोलीले अनुगमन गरेको छ ।
 
भवनमा प्रयोग भएको काठ सम्झौताअनुसारको नभएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि सत्यतथ्य बुझ्नाका साथै समस्याको समाधान गर्न प्राविधिकसहितको सो टोलीले स्थलगत अनुगमन गरेको हो ।
 
निर्माण व्यवसायीले काम गर्ने वातावरण बनाउन गाउँपालिकामा लिखित निवेदन दिनुभएको थियो भने स्थानीय केहीले व्यक्तिले ठेक्का सम्झौताअनुसारको काठ प्रयोग नभएको भन्दै गाउँपालिकामा मौखिक जानकारी गराएका थिए । टोलीले कम गुणस्तरीय भनिएको छुट्टाछुट्टै दुई भ्mयालमा प्रयोग भएको काठको परीक्षणका लागि प्रयोगशाखामा पठाउने लक्ष्यका साथ नमूना सङ्कलन गरेर ल्याएको छ ।
 
अनुगमनका क्रममा समन्वय समिति प्रमुख क्षेत्रीले उपस्थित स्थानीय बासिन्दा, निर्माण व्यवसायी, प्राविधिकलाई तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताउनुभयो । गुणस्तरीय विकास निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिँदै उहाँले गाउँपालिका र स्थानीयले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण तयार गर्नुपर्ने विश्वास व्यक्त गरे ।   
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending