Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

यी चार जनाले दिएका थिए अर्काको नाममा परीक्षा, सबै समातिए

खबरडबली संवाददाता

डोटी । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेका छन् । उनीहरुले लिखित परीक्षामा अन्य उमेदवार सामेल गर्न लगाई लिखित परीक्षा पास भएपछि अहिले मौखिक परीक्षामा आफैँ उपस्थित भएका कारण छानबिनका क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक केशव पन्तले जानकारी दिए । पक्राउ परेकालाई कीर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...

‘ढुक्क हुनुस् !’ भन्दै रहस्यमय स्ट्याटसपछि फेरि चर्कियो बालेन मौनता विवाद

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह लामो समयदेखि सार्वजनिक रूपमा मौन देखिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। उनी पछिल्ला केही समयदेखि कुनै प...

तृषित मन’ हाइकु–सेन्यु सङ्ग्रह लोकार्पित, ९५८ लघु रचनासहित पाठकमाझ

काठमाडौं । कविताको लघुतम विधा हाइकु र सेन्युमा आधारित ‘तृषित मन’ नामक कृति लोकार्पण गरिएको छ। ६६ वर्षीय हाइकुकार प्रदीप केसी (सञ्जेल) द्वारा लिखित उक्...

नयाँ सरकार, पुरानै शैली: बजेटमा नारै–नाराको खेती

‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’देखि ‘भिजिट नेपाल २०८५’ सम्म, बजेटमा घोषणा धेरै तर कार्यान्वयनमाथि पुरानै प्रश्न

रास्वपा सरकारको पहिलो बजेट : कसले के पायो, कसको भागमा के पर्‍यो ?

बालबालिकादेखि वृद्धसम्म, किसानदेखि कर्मचारीसम्म, मध्यम वर्गदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म—बजेटले धेरैलाई सम्बोधन गर्‍यो, तर शिक्षा र स्वास्थ्

आज देशभरी चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्...

बिरामीमाथि सरकारको नयाँ कर प्रहार, निजी अस्पतालमा उपचार गर्दा अब ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीमाथि नयाँ करको भार थपेको छ। अब निजी अस्पतालम...

बोर्डिङ पढाइ अब झन् महँगो ! बालेन सरकारले ब्युँतायो १६ वर्षअघि विवादित शैक्षिक कर

निजी विद्यालयको सबै शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’, अभिभावकले तिर्नुपर्ने अतिरिक्त रकम सीधै राज्यको खातामा जाने

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि...

वायुसेवा निगमको निजीकरणप्रति हर्क राईको आपत्ति

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति आपत्ति जनाएका छन्।  बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending