काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।
नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छ । कार्यक्रममा महासचिव पोखरेलले शनिबार बस्ने बैठकबाट यसबारे टुंगो लगाउने बताए ।
गोरखापत्र दैनिकमा खबर छ- 'अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,” महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट पार्दै भने, भोलि बस्ने ‚'स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले एक छुट्टै प्रसंगमा नेता नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि स्वीकार्य नहुने बताएका थिए ।
एमालेको विधानले त्यस्तो व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले यसअघि विवाद समाधानका लागि बनेको कार्यदलबाट पारित १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताए ।
हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ,” उनले भने, त्यसरी जाँदा विद्यमान विधान र नियमावलीमा के छ ? त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०७:१०
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...
जेष्ठ १६ गते, २०८३ - ०७:०६
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह लामो समयदेखि सार्वजनिक रूपमा मौन देखिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। उनी पछिल्ला केही समयदेखि कुनै प...
जेष्ठ १६ गते, २०८३ - ०६:५२
काठमाडौं । कविताको लघुतम विधा हाइकु र सेन्युमा आधारित ‘तृषित मन’ नामक कृति लोकार्पण गरिएको छ। ६६ वर्षीय हाइकुकार प्रदीप केसी (सञ्जेल) द्वारा लिखित उक्...
जेष्ठ १६ गते, २०८३ - ०६:५२
‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’देखि ‘भिजिट नेपाल २०८५’ सम्म, बजेटमा घोषणा धेरै तर कार्यान्वयनमाथि पुरानै प्रश्न
जेष्ठ १६ गते, २०८३ - ०६:२३
बालबालिकादेखि वृद्धसम्म, किसानदेखि कर्मचारीसम्म, मध्यम वर्गदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म—बजेटले धेरैलाई सम्बोधन गर्यो, तर शिक्षा र स्वास्थ्
जेष्ठ १६ गते, २०८३ - ०६:२१
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्...
जेष्ठ १६ गते, २०८३ - ०६:१६
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीमाथि नयाँ करको भार थपेको छ। अब निजी अस्पतालम...
जेष्ठ १६ गते, २०८३ - ०६:१५
निजी विद्यालयको सबै शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’, अभिभावकले तिर्नुपर्ने अतिरिक्त रकम सीधै राज्यको खातामा जाने
जेष्ठ १६ गते, २०८३ - ०६:०७
खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि...
जेष्ठ १६ गते, २०८३ - ०६:०५
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति आपत्ति जनाएका छन्। बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्...



प्रतिकृया लेख्नुहोस्: