काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त गरेको छ ।
सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको तीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने विश्वास व्यक्त गरे ।
आयोजनाको हालसम्म भएको समग्र प्रगतिबारे जानकारी दिँदै उनले भने, ‘मलाई जहाँसम्म लाग्छ विस २०८१ मङ्सिरसम्म सेनाले दू्रतमार्गको काम सम्पन्न गरेरै छाड्छ, त्योअनुसार प्लानिङ गरिएको छ ।’
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हँुदै बाराको निजगढ नजिक पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने उक्त दु्रत राजमार्गका लागत रु एक खर्ब ७५ अर्ब अनुमान गरिएको छ । चार लेन र तीन वटा सुरुङसहितको उक्त मार्गको लम्बाई ७२।५ किमि रहेको छ । विशेष प्रकृतिका १६ सहित ८७ वटा पुल रहने दु्रतमार्गका लागि गत आर्थिक वर्षमा रु आठ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन भएकामा वार्षिक प्रगति ९७.३५ प्रतिशत रहेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए । आयोजनाको कूल कार्यप्रगति १६.१० प्रतिशत हासिल भएको छ ।
हालसम्म आयोजनाको कूल वित्तीय खर्च रु २५ अर्ब ३९ करोड रहेको छ । आयोजनाको आवश्यकता अनुसार पाँच हजार १७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकामा चार हजार ७४५ रोपनी जग्गा प्राप्ति भएकामा ४२७ रोपनीको मुआब्जा वितरण गर्न बाँकी रहेको सो अवसरमा जानकारी दिइयो । खोकना बुगमती क्षेत्रमा भने हालसम्म स्थानीय विवाद सुल्झन नसके पनि अव निकट भविष्यमै समाधान हुने अपेक्षा गरिएको जानकारी दिइएको छ ।
उक्त आयोजनाका लागि चालू आर्थिक वर्षमा रु आठ अर्ब ९३ करोड १० लाख बजेट विनियोजन भएको छ । आयोजनाका लागि चालू आर्थिक वर्षमा थप रु २५ अर्ब बजेट सरकारसँग माग गरिएको बताइएको छ । यसपछि वार्षिक रुपमा आयोजनाका लागि रु ५०/५० अर्ब बजेट आवश्यक पर्ने सेनाले जनाएको छ ।
राष्ट्रिय गौरव र रणनीतिक महत्वको अयोजनाको काम पारदर्शी र गुणस्तरीय ढङ्गले निर्धारित समयसीमाभित्र अर्थात् आव २०८०/८१ सम्ममा सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेना प्रतिवद्ध रहेको निर्देशक पोखरेलले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: