हुम्ला । दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो ।
नियमितरूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।
उनीहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ । पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ । बरामद गरिएका तासलाई प्रहरीको टोलीले जलाए छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:४३
काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहि...
बैशाख २४ गते, २०८३ - १९:४१
काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।...
बैशाख २४ गते, २०८३ - १९:३९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्मा राष्ट्रिय सभाका...
बैशाख २४ गते, २०८३ - ०८:५२
खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...
बैशाख २४ गते, २०८३ - ०८:५०
दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...
बैशाख २४ गते, २०८३ - ०८:४७
म्याग्दी । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...
बैशाख २४ गते, २०८३ - ०८:४६
काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...
बैशाख २४ गते, २०८३ - ०८:४१
गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...
बैशाख २४ गते, २०८३ - ०८:२१
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...
बैशाख २४ गते, २०८३ - ०८:१२
काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...


प्रतिकृया लेख्नुहोस्: