कञ्चनपुर । वनमाथिको निर्भरता कम गर्नका लागि कञ्चनपुरमा सात लाख २५ हजार बिरुवा वितरण गरिएका छन् । वितरण गरिएका बिरुवा सामुदायिक वन, निजी जग्गा, नदी तटीय लगायतका क्षेत्रमा वृक्षरोपण गरिएका छन् ।
वृक्षरोपणका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले दुई लाख ४० हजार, ब्रह्मदेव सब डिभिजन वन कार्यालयले एक लाख ८० हजार, शुक्लाफाँटाले ५० हजार, वाणीले ८० हजार, पिपरैयाले २७ हजार, लालझाडीले ५० हजार र कुण्डा सब डिभिजन वन कार्यायले एक लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार उत्पादन गरिएका बिरुवामा भिमल, बडहर, बकाइनो पारिजात, अमला, हर्रो, बर्रो, तेजपात, रिठा, धुपी सल्ला, सीताफल, गोल्डमोहर, कल्कीफूल, राजवृक्ष, वियसाल, बेल, ढाँक, इमली, अशोक, क्यासिया सेमिया, अशोक, क्यासिया ग्लूकालगायत २५ प्रजातिका बिरुवा रहेका छन् ।
प्रतिबिरुवा उत्पादन गर्न डिभिजन र सब डिभिजन वन कार्यालयले रु १० का दरले रकम खर्च गरेका छन् । उत्पादित बिरुवामध्ये जडीबुटी प्रजातिका मात्रै ८० हजार बिरुवा वितरण गरिएको सूचना अधिकारी अवस्थीले बताए । वितरण गरिएका वनजन्य, जडीबुटी र सौन्दर्य अभिवृद्धिका लागि बिरुवा पाँच सय हेक्टर क्षेत्रफलमा रोपिएका छन् ।
“विगतका वर्षहरुमा थोरै मात्रै बिरुवा उत्पादन हुँदै आएका थिए”, सूचना अधिकारी अवस्थीले भने, “हाल बिरुवाको माग बढ्न थालेपछि नर्सरीमा बिरुवा उत्पादनको कार्यलाई दोब्बर बनाइएको छ ।”
उनका अनुसार विगतमा दुई लाखदेखि चार लाखको हाराहारीमा बिरुवा उत्पादन हुने गरेका थिए । यस वर्ष आठ लाख बिरुवा उत्पादन गरिएका छन् । सामुदायिक वन, निजी जग्गा, नदी तटीय क्षेत्रमा वृक्षरोपणको कार्यलाई निरन्तरता दिइँदै आएपछि वनबाट हुने काठ र दाउराको आपूर्तिमा कमी आएको छ । स्थानीय स्तरबाटै दाउरा र काठको आपूर्ति हुन थालेपछि वन क्षेत्रमा हुने मानवीय अतिक्रमणको कार्य रोकिएको छ ।
आवादी (निजी) जग्गामा गरिएको वृक्षरोपणको असरका कारण मात्रै विगत तीन वर्षयता ५० देखि ६० हजार क्युविक फुट काठको आपूर्ति हुने गरेको सूचना अधिकारी अवस्थीको भनाइ रहेको छ जसबाट स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि हुनाका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत यसले सघाउ पुर्याएको छ ।
यसैबीच, डिभिजन वन कार्यालय कञ्चनपुरले बाह्य क्षेत्रबाट खरीद गरी २४ हजार २३५ फलफूलका बिरुवासमेत फलफूल खेती गर्न चाहने किसानलाई अनुदानमा उपलब्ध गराएको छ ।
प्रतिवर्ष निरन्तर रुपमा बिरुवा उत्पादन गरी वितरण गरी रोप्ने कार्यले अबको १० वर्षमा वनमाथिको ३० प्रतिशत निर्भरता कम हुने बताइएको छ । “राष्ट्रिय वनको पैदावारले बढ्दो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले निजी क्षेत्रलाई वृक्षरोपण गर्न बढावा दिने नीति ल्याएका छौँ”, सूचना अधिकारी अवस्थीले भने, “बिरुवा हुर्काएर सर्वसाधारणले थोरै मिहिनेतमा बढी प्रतिफल पाउने भएकाले पनि बिरुवा रोप्नका लागि सर्वसाधारणको सहभागिता बढ्दै गएको छ ।” नर्सरीमा बाँकी रहेका बिरुवासमेत चाँडै वितरण गरिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: