ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले बताए । यो विगतका वर्षको तुलनामा बढ्दो सङ्ख्या हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा नाउर पाइने गरेको छ । नाउरको बासस्थान र चरन क्षेत्रलाई आधार मानिएर चार वटा ब्लक क्षेत्र विभाजन गरी नाउरको गणना गरिएको थियो । तीन ब्लक क्षेत्रमा नाउर गणना गर्दा एक हजार ४२१ रहेको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी तथा रेन्जर धर्मेन्द्र थापाले बताउनुभयो । कोभिड–१९को कारणले ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना हुन बाँकी छ । अझ ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना गर्दा यो सङ्ख्या बढ्न जाने थापाले बताए ।
घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ नाउर रहेको गणना तथ्याङ्कमा आएको छ । याङमा ब्लक क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ वटा नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ । चार सय ९५ पोथी, ८१६ वटा भाले र ८० बच्चा नाउर रहेको गणनाको तथ्याङ्कले जनाएको छ । सत्ताइस वटा भालेपोथी नछुट्टिएका नाउर रहेका छन् । दुई सय आठ नाउर बयस्क भाले, २०७ नाउर तरुण भाले रहेको र २०६ नाउर किशोरावस्थाको रहेको तथ्याङकमा उल्लेख छ । एक सय ९८ वटा अर्धवयस्क उमेरका नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।
संरक्षण क्षेत्रमा चारवटा हिउँ चितुवा उपसमिति गठन गरिएको छ । उपसमितिलाई हिउँ चितुवाको अवलोकन गर्ने मुख्य जिम्मेवारी दिइएको छ । त्यही उपसमितिले हिउँ चितुवाको आहाराका रूपमा मानिने नाउरको पनि आवलोकन गर्दै आएको याङ्मा हिउँ चितुवा उपसमितिका अध्यक्ष फिन्सो शेर्पाले बताए । हिउँ चितुवाका उपसमितिका पदाधिकारी र संरक्षण क्षेत्रले तोकिएको प्राविधिकहरुमार्फत नाउरको गणना हुने गरेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए ।
कञ्चनजङ्घा क्षेत्रमा घुन्साबाट पाङ्पेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामबाट कञ्चनजङ्घा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङ्मा क्षेत्रलाई याङ्मा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए ।
समुद्र सतहदेखि तीन हजार ८०० मिटरको उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्ने गरिएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: