सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ ।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई तीव्र बनाएर अदालतको फैसला कार्यान्वयनमा सहयोग पुर्याएको छ । त्यही क्रममा हिजो मात्र छ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठगी मुद्दाको कसुरमा छ महिना कैद र रु छ हजार जरिवाना सुनाइएका वीरेन्द्रनगर नगरपालिका-५ सुर्खेतका ५५ वर्षीय पूर्णबहादुर सार्की तथा दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतमा बस्दै आएका ५३ वर्षीय दामे दमाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
त्यस्तै लिखत बेइज्जती मुद्दामा रु तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतका ४५ वर्षीय जैसरा बोहोरा, जालसाजी मुद्दामा रु एक/एक सय जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका-१० का २७ वर्षीय कुमार गुरुङ, २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । उनका अनुसार पक्राउ परेका छ प्रतिवादीलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
त्यसैगरी लागुऔषध ब्राउन सुगरसहित प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-५ सुर्खेत गणेशचोक निवासी २५ वर्षीय सन्दीप विक र ३० वर्षीय खडानन्द पौडेल पक्राउ परेका हुन् । उनीहरुलाई ७७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:४३
काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहि...
बैशाख २४ गते, २०८३ - १९:४१
काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।...
बैशाख २४ गते, २०८३ - १९:३९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्मा राष्ट्रिय सभाका...
बैशाख २४ गते, २०८३ - ०८:५२
खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...
बैशाख २४ गते, २०८३ - ०८:५०
दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...
बैशाख २४ गते, २०८३ - ०८:४७
म्याग्दी । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...
बैशाख २४ गते, २०८३ - ०८:४६
काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...
बैशाख २४ गते, २०८३ - ०८:४१
गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...
बैशाख २४ गते, २०८३ - ०८:२१
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...
बैशाख २४ गते, २०८३ - ०८:१२
काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...


प्रतिकृया लेख्नुहोस्: