सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाखालबाट रु दुई लाखसहित आठ जनालाई पक्राउ गरेको छ । एक होटल सञ्चालक र सात जुवाडेलाई प्रहरीले सोमबार बेलुकी ५:३० बजे पक्राउ गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेतको जुम्ला रोडस्थित सकुन्तला न्यौपानेले सञ्चालन गरेको सुर्खेती स्टाप होटलमा जुवातास खेलिरहेको अवस्थामा चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत तातोपानीका ३० वर्षीय किरण विष्ट, सोही नगरपालिका-७ निवासी हाल वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत रातोपुल नजिक बस्ने २२ वर्षीय बखत शाही र डुङ्गेश्वर गाउँपालिका-४ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका-४ खोर्केलाइन बस्ने ३० वर्षीय लोकबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।
त्यस्तै गुराँस गाउँपालिका-१ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत भैरवस्थान बस्ने ३० वर्षीय पदम सलामी मगर, सुर्खेत चिङगाड गाउँपालिका घर भई वीरेन्द्रनगर-४ भैरवस्थान बस्ने ४० वर्षीय बलबहादुर बाह्रघरे, वीरेन्द्रनगर नगरपालिका-४ खोर्केलाई बस्ने गुराँस गाउँपालिका-६ दैलेख निवासी २८ वर्षीय यामबहादुर रोकाय र तुर्माखाँद गाउँपालिका-३ अछाम स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३५ वर्षीय जीवन शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।
होटलमा पैसाको हारजीत हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुसहित जुवाखालबाटै रु दुई लाख १४ हजार ९७० नगद र दस्तखत गरिएका विभिन्न बैंकका ११ थान चेक पनि बरामद गरिएको उहाँले जनाउनुभयो । त्यसैगरी प्रभु बैंकको रु चार लाख लेखिएको दस्तखतसमेत भएको एक थान चेक, एनएमबि बैंकको रु ४९ हजार रकम उल्लेख गरी दस्तखत गरिएको एक थान चेकका साथै जुवा खेल्न प्रयोग गरिएको एक गड्डी तास र तास खेल्न बिच्छ्याइएको एक थान लिउ पनि रीतपूर्वक बरामद गरिएको उनले बताए ।
जुवाडेसहित होटल सञ्चालक डुङ्गेश्वर गाउँपालिका-५ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत भैरवस्थान बस्ने २६ वर्षीय शकुन्तला न्यौपानेसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:४३
काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहि...
बैशाख २४ गते, २०८३ - १९:४१
काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।...
बैशाख २४ गते, २०८३ - १९:३९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्मा राष्ट्रिय सभाका...
बैशाख २४ गते, २०८३ - ०८:५२
खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...
बैशाख २४ गते, २०८३ - ०८:५०
दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...
बैशाख २४ गते, २०८३ - ०८:४७
म्याग्दी । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...
बैशाख २४ गते, २०८३ - ०८:४६
काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...
बैशाख २४ गते, २०८३ - ०८:४१
गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...
बैशाख २४ गते, २०८३ - ०८:२१
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...
बैशाख २४ गते, २०८३ - ०८:१२
काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...


प्रतिकृया लेख्नुहोस्: