Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भन्सार छलेर ल्याइएको १६७४ पाकेट सुर्ती बरामद

खबरडबली संवाददाता
कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चुले भन्सार छलेर ल्याइएको अवैध सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ स्थित रत्न राजमार्गको सडकखण्डमा सुर्ती बरामद गरेको हो । 
 
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५ख ४५५८ नम्बरको फोर्स गाडीमा आइतबार जाँच गर्दा अवैधरुपमा भन्सार छली ल्याइएको सुपरपावर सुर्ती एक हजार ६७४ पाकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए । 
 
प्रहरीले विभिन्न किसिमका काँचो तथा तयारी कपडासहित जम्मा रु एक लाख ४४ हजार १० मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । 
 
आर्थिक प्रलोभन देखाई रु एक हजार ५०० दिएर प्रभावमा पार्न खोज्ने दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेतको चेकपोष्टमा जाँच गर्ने क्रममा आवश्यक कागजात नभई प्रलोभनमा पारेर उम्कन खोज्ने भे७प ४८८ नम्बरको मोटरसाइकलमा सवार तातोपानी गाउँपालिका– ३ का २२ वर्षीय तेजबहादुर नेपाली र कमल नेपालीलाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए । 
 
आर्थिक प्रलोभन पार्न खोज्नाका साथै सेवामा खटिएका प्रहरीसँग विवाद र अभद्र व्यवहार गरेकाले पक्राउ गरेर उनीहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको बताइएको छ । प्रहरीचौकी बाङ्गेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा वीरेन्द्रनगर नगरपालिका– २ कोलडाँडाको भित्री सडकखण्डमा स्थानीय व्यक्तिका जग्गामा प्राकृतिकरुपमा आफैँ उम्रिएको एक हजार ३५० वटा गाँजाका बोट स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाका रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending