Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

भन्सार छलेर ल्याइएको १६७४ पाकेट सुर्ती बरामद

खबरडबली संवाददाता
कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चुले भन्सार छलेर ल्याइएको अवैध सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ स्थित रत्न राजमार्गको सडकखण्डमा सुर्ती बरामद गरेको हो । 
 
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५ख ४५५८ नम्बरको फोर्स गाडीमा आइतबार जाँच गर्दा अवैधरुपमा भन्सार छली ल्याइएको सुपरपावर सुर्ती एक हजार ६७४ पाकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए । 
 
प्रहरीले विभिन्न किसिमका काँचो तथा तयारी कपडासहित जम्मा रु एक लाख ४४ हजार १० मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । 
 
आर्थिक प्रलोभन देखाई रु एक हजार ५०० दिएर प्रभावमा पार्न खोज्ने दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेतको चेकपोष्टमा जाँच गर्ने क्रममा आवश्यक कागजात नभई प्रलोभनमा पारेर उम्कन खोज्ने भे७प ४८८ नम्बरको मोटरसाइकलमा सवार तातोपानी गाउँपालिका– ३ का २२ वर्षीय तेजबहादुर नेपाली र कमल नेपालीलाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए । 
 
आर्थिक प्रलोभन पार्न खोज्नाका साथै सेवामा खटिएका प्रहरीसँग विवाद र अभद्र व्यवहार गरेकाले पक्राउ गरेर उनीहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको बताइएको छ । प्रहरीचौकी बाङ्गेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा वीरेन्द्रनगर नगरपालिका– २ कोलडाँडाको भित्री सडकखण्डमा स्थानीय व्यक्तिका जग्गामा प्राकृतिकरुपमा आफैँ उम्रिएको एक हजार ३५० वटा गाँजाका बोट स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाका रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

होल्डिङ सेल्टरभित्रै उकुसमुकुस : सुकुम्बासी भन्छन्– ‘जेलजस्तो जीवन बिताइरहेका छौँ’

काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहि...

मनोज शर्माको सिफारिस निर्णयमा २ जनाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।...

प्रधानमन्त्रीले विधि मिचेर हठात् प्रधानन्यायाधीशको प्रस्ताव ल्याउनुभयोः अध्यक्ष दाहाल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्‌मा राष्ट्रिय सभाका...

खोटाङमा जमिनमा झरेको विद्युत तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...

हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति

दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...

म्याग्दीमा छ थान भरुवा बन्दुक बरामद

म्याग्दी  । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...

गोरखामा पनि ‘डोजर अभियान’को सुरुवात, सार्वजनिक जग्गामाथि बनेका संरचनामा स्थानीय तहको कडा कदम

गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...

गुराँस गाउँपालिकामा ‘गिलास काण्ड’ : अध्यक्ष र हाकिमबीचको झगडा छताछुल्ल

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...

उठिबासको पीडामा मौन राजनीति, हर्क सम्पाङको एक्लो प्रतिरोध

काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending