Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

सांकेतिक तस्बिर
खबरडबली संवाददाता
कर्णाली । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । 
 
कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । 'कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्', उनले भने, 'जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन् । यी पहिला थिएनन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले उच्च जोखिममा रहेका छन् ।'
 
कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए । 'विसं २०७३ मा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो', उहाँले भन्नुभयो, 'तर पनि उच्च जोखिममा रहेका नागरिक बस्ती सर्न मान्दैनन् ।' 
 
कालीकोटमा उच्च जोखिममा रहेका यी ठाउँका बजारवासी वर्षौंदेखि बसिरहेका कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि नदीको छेउछाउमा अहिले कयौँ ठाउँमा बजार बनेको नरहरिनाथ–१ लालीघाटका स्थानीय व्यापारी नेत्र विष्टले बताए । 'लालीघाट बजार र नदी किनारको दूरी पहिले २५ मिटर थियो तर नदीमा आइतबार रातिदेखि पानीको बहाव बढेर नदीको छालले बजार छोइसकेको छ । यही गतिमा नदीमा पानीको बहाव बढ्दै गएपछि कुन बेला बजार डुब्छ थाहा छैन', उनले भने, 'यी नदी किनारमा बनेका बस्ती नयाँ हुन् । नागरिकहरू रोजीरोटीका लागि पनि जोखिम मोलेर नै व्यापार व्यवसाय गरिरहेका छन् ।'
 
कालीकोटको पचालझरना गाउँपालिकाको भुराबगर बजार पनि बाढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए । 'बस्तीका नागरिकलाई अन्यन्त्र जानका लागि कयौँ पटक भनिसक्याँै तर, उहाँहरू मान्नु हुन्न', उनले भने, 'बजार नै बनाएर बसेको कारणले उहाँहरुले मान्नुभएको छैन् । भोलि ठूलो जोखिम निम्तिन सक्छ ।'
 
जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा बजारहरु अन्यन्त्र सार्न आग्रह गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । 'जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैशाख महिनादेखि नै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा बस्ती नै सार्न आग्रह गरेका छौँ', उनले भने, 'अटेरी गरेर बसेको ठाउँमा अहिले पनि जोखिमका विषयमा जानकारी दिएर सचेत गराइरहेको छौँ ।' कालीकोटमा गत वर्षमा बाढी पहिरोमा परी ५३ जनाले ज्यान गुमाउनुका साथै करोडौँको धनमाल नष्ट भएको थियो । एक हजार घरपरिवार विस्थापित भएका थिए । यस वर्ष वर्षायाम शुरु भएयता बाढी पहिरोमा परेर तीन जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

होल्डिङ सेल्टरभित्रै उकुसमुकुस : सुकुम्बासी भन्छन्– ‘जेलजस्तो जीवन बिताइरहेका छौँ’

काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहि...

मनोज शर्माको सिफारिस निर्णयमा २ जनाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।...

प्रधानमन्त्रीले विधि मिचेर हठात् प्रधानन्यायाधीशको प्रस्ताव ल्याउनुभयोः अध्यक्ष दाहाल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्‌मा राष्ट्रिय सभाका...

खोटाङमा जमिनमा झरेको विद्युत तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...

हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति

दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...

म्याग्दीमा छ थान भरुवा बन्दुक बरामद

म्याग्दी  । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...

गोरखामा पनि ‘डोजर अभियान’को सुरुवात, सार्वजनिक जग्गामाथि बनेका संरचनामा स्थानीय तहको कडा कदम

गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...

गुराँस गाउँपालिकामा ‘गिलास काण्ड’ : अध्यक्ष र हाकिमबीचको झगडा छताछुल्ल

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...

उठिबासको पीडामा मौन राजनीति, हर्क सम्पाङको एक्लो प्रतिरोध

काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending