Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

करोडौँको राजस्व छली विफल

रासस

गलकोट । धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका  राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ । साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा  करिब रू पाँच करोड राजस्व छली गरेको फेला पारेको हो । कर बुझाउने १७ हजार करदातामध्ये शङ्कास्पद देखिएका व्यवसाय, उद्योग तथा फर्मको अनुगमन गरिएको थियो ।  

बस्तु खरीद बिक्रीको अनुपात नमिलेको, खरीद गरिएका सामग्री बिक्रीतर्फ नदेखिएकोजस्ता राजस्व छलीका शङ्कास्पद उद्योग, व्यवसाय तथा फर्मको अनुगमन गर्दा आर्थिक वर्ष २०७७/७८ मा मात्रै रु पाँच करोड ७३ हजार ८९ हजार थप राजस्व सङ्कलन भएको छ । 

कार्यालयको नियमित काम अन्तर्गत आर्थिक वर्षको मध्यतिर ६३ करदाताको व्यवसायमाथि छानबिन, परीक्षण र अनुसन्धान, १०२ करदाताको दु्रत छानबिन र १८२ करदाताको अनुगमन गर्दा उक्त परिणामको रकम वृद्धि भएको  कार्यालयका प्रमुख जनकराज शर्माले बताए । 

“एक आर्थिक वर्षमा झण्डै रू पाँच करोड राजस्व थप सङ्कलन हुनु र २१ करोडभन्दा बढी बक्यौता असुल हुनु  कार्यालयको उपलब्धि हो” उनले भने, “राजस्व वृद्धिमा कार्यालयको ध्यान केन्द्रित छ, आगामी दिन अनुगमन, परीक्षण र छानबिनलाई तीव्रता दिएर छली हुने राजस्व सङ्कलन गरिने छ । अनुगमनका क्रममा व्यवसायी, उद्योगी तथा फर्मलाई राजस्व नर्तिदा हुनसक्ने जरिवानाबारे पनि जानकारी नभएको, राम्रो हिसाब राख्न नजानेको र केही करदाताले नियतवस राजस्व छली गरेको पनि पाइएको छ ।” 

कार्यालयले गत आर्थिक वर्षमा ६३ करदाताको फर्म छानबिन, परीक्षण र अनुसन्धान गरी आयकर तर्फ रु दुई करोड ७६ लाख ५४ हजार र मूल्य अभिवृद्धि करतर्फ रु दुई करोड ५८ लाख ५१ हजार गरी रु पाँच करोड  ३५ लाख पाँच हजार थप कर उठाएको थियो ।  

यस्तै, १०२ करदाताको दु्रत छानबिनबाट रु ३५ लाख ७९ हजार राजस्व असूल र १८२ करदाताको अनुगमनबाट रु तीन लाख पाँच हजार जरिवाना सङ्कलन गरिएको थियो । सफ्टवेयरमा राखिएको विवरणअनुसार राजस्व छलीको क्षेत्रसमेत पहिचान हुने भएकाले उद्योगी तथा व्यवसायीले समयमै राजस्वको यथार्थ विवरण बुझाउदा राम्रो हुने जानकारी दिँदै  कार्यालयल प्रमुख शर्माले भने उपभोक्ताले तिर्ने कर व्यवसायीले आफ्नो खल्तीबाट तिनुपर्नेजस्तो गर्दा र करको विषयमा नबुझ्दा यस्तो समस्या भएको हो । 

कार्यालयमा दरबन्दी अनुसारका कर अधिकृत भएमा अझै राजस्व चुहावट हुने क्षेत्रमा अनुगमन गर्न सहज हुने कार्यालय प्रमुख शर्माले बताए । अहिले चार कर अधिकृतको दरबन्दी रहेको कार्यालयमा दुई कर अधिकृत मात्र छन् । 

बागलुङ जिल्लाको एक उद्योगले वर्षौदेखिको रु तीन करोड राजस्व एकमुष्ठ तिरेको छ । “राजश्व तिर्न जति ढिलो गर्‍यो, त्यति व्यवसायीलाई घाटा छ” कार्यालय प्रमुख शर्माले भने, “बैंकको ब्याजभन्दा राजश्व नतिर्दा बढी जरिवाना हुने भएकाले समयमै कर तिर्न अनुरोध गर्दछु ।” शर्माका अनुसार अहिले छल्दै आएको कर वर्षौपछि  फेला परे जरिवानासहित असुलउपर गर्न पर्ने कानूनी प्रावधान भएकाले राजस्व छल्न हुँदैन ।” लामो समय राजस्व नतिर्ने व्यवसाय तथा उद्योग बन्द गर्न सकिनेसमेत प्रावधान रहेकाले सचेत हुन र करसम्बन्धी ज्ञान लिएर व्यवसाय सञ्चालन जानकारी गराइएको छ । 

गत आर्थिक वर्षमा कर बक्यौता असूलीतर्फ रु १५ करोड ९१ लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु पाँच करोड ६२ लाख ८९ हजार गरी रु २१ करोड ५४ लाख १५ हजार बक्यौता असूली भएको छ । 

 आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्य रु ८६ करोड २० लाख ६ हजार रहेकामा लक्ष्यभन्दा ५७।२६ प्रतिशत बढी रु एक अर्ब ३५ करोड ५५ लाख ६८ हजार राजस्व शङ्कलन गरेको छ ।  कार्यालयले विभिन्न स्थानमा गएर उद्योगी तथा व्यवसायीलाई करदाता शिक्षासमेत दिँदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending