काठमाडौँ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले पहाडी जिल्लामा तराईको गुर्जो रोपिएको हो ।
तराईका जिल्लामा भने पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । वाग्मती प्रदेशका काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानमा अभियानका रुपमा गुर्जो रोप्नुभएका अभियानकर्मी राजलवटले यो हप्ता तराईका जिल्लामा रोपण शुरु गरेका छन् ।
सिन्धुली, धनुषा, महोत्तरी, सिराहालगायतका जिल्लामा गुर्जो रोपण अभियान जारी रहेको उनले सुनाए । बिहीबार बर्दिवास नगरपालिका–४ का विभिन्न स्थानमा गरी ५०० बोट गुर्जो रोपिएको छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिलगायतको सक्रिय सहभागिता थियो । सो अवसरमा गुर्जोबाट बनेको चिया र धुलो पनि वितरण गरियो ।
आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जोको नर्सरी उत्पादन गरी विसं २०७६ चैतदेखिदेखि उनले रोप्ने अभियान शुरु गरेका हुन् । कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलो औषधी वितरणलाई पनि राजलवटले अभियानका रुपमा अघि बताएका हुन् । कोरोना लागेकालाई नियमित गुर्जोबाट बनेको चिया र धुलोको सेवनले राम्रो गरेको सेवनकर्ताको अनुभव छ ।
गत वर्ष एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा रोप्ने अभियानको नेतृत्व गरेका राजलवटले त्यति नै सङ्ख्यामा चिया र धुलोका पोका वितरण गरेका थिए । यस वर्ष पनि १५ हजारभन्दा बढी गुर्जोका बिरुवा रोपण गरिएको जनाइको छ । करिब २० गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो यस वर्ष वितरण गरिएको छ । अभियानकर्मी राजलवटले आन्तरिक राजस्व कार्यालय धुलिखेलमा सरुवा भई आएपछि पनि गुर्जोका बिरुवा रोपण एवं चिया र धुलो वितरणलाई निरन्तरता दिएका हुन् ।
आयुर्वेद शास्त्रले मानिस जुन स्थानमा जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँको प्रकृतिमा हुन्छ भन्ने मान्यता राख्छ । यसैगरी प्रत्येक वनस्पतिमा औषधीय गुण हुन्छ तर चिन्ने र संयोजन गर्ने गुण मानिसमा हराउँदै गएकाले विदेशबाट महँगो औषधि किन्न बाध्य हुनुपरेको छ । हाल कौडीको भाउमा जडीबुटीको कच्चा पदार्थ बाहिरिने र महँगोमा वार्षिक अर्बौंको औषधि आयात हुने गरेको छ । यसलाई रोक्न गुर्जोजस्ता जडीबुटीको प्रवद्र्धन गर्ने अभियानमा लागिएको राजलवटले सुनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: