वागमती । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७र७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिए । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको बताइएको छ । एक पटकमा सातदेखि आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ ।
घ्यूको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । विसं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट सङ्कलन भइरहेको छ ।
त्यस्तै आयोजनाले छ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्पmत आव २०७७र७८ मा ५८ लाख लिटर दुग्ध खरिद गरी रु ३२ करोड भुक्तानी गरेको जनाएको छ । त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडालगायतका सामग्री वीरगञ्ज, हेटौँडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ ।
उक्त आयोजनाअन्तर्गत सातवटा दुग्ध चिस्यान केन्द्र क्रमश: चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र स्रिम्रोेनगढमा रहेको छ । यसका साथै मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट समेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठको भनाइ छ ।
औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर रहेको छ । आयोजनाबाट दही, पनिर, घ्यू, मख्खन, फ्रेसमिल्क, लालमोहन र रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा तथा खुवालगायतका दुग्ध पदार्थ उत्पादन भई बिक्री हुने गरेको छ । आयोजनाले आवश्यकतानुसारको दूध खपत गरी बढी भएको दूध केन्द्रीय कार्यालय बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको बताइएको छ । आयोजनाको प्रतिदिन ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको र त्यहाँ दही उत्पादन क्षमता प्रतिदिन तीन हजार लिटर तथा घ्यू, मख्खन र पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन रहेको छ ।
त्यस्तै फ्रेसमिल्क एक हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्र्रतिदिन उत्पादन हुने गरेको आयोजनबाट उपलब्ध तथ्याङ्कमा जनाइएको छ । एक सय १७ कर्मचारी रहेको सो आयोजनाअन्तर्गत तीनवटा डिस्ट्रिब्युटर, २८ डिलर र १९७ बिक्री बुथ रहेको छ । हाल आयोजनाको हातामा १०० मेट्रिक टन क्षमता भएको बटर कोल्ड स्टोर निर्माण गरिएको छ । वाग्मती प्रदेश दुग्ध विकास वार्डको साझदारीमा उक्त स्टोर निर्माण गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: