Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो

खबरडबली संवाददाता

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमश: वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७र७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमश: वृद्धि भइरहेको जनाएको हो ।

कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार यसरी आयात भएका सवारी साधनमा किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, एम्बुलेन्स पाँच, जिप, कार र भ्यान ५०, सामान बोक्ने ठूलाठूला टिपर १३० र ३० सिट क्षमताको चार वटा विद्युतीय बस रहेका छन् ।

व्यापारी तथा व्यावसायिक कम्पनीले झिकाएका ती सवारी साधनको भन्सार प्रक्रिया पूरा भई प्राय: आ–आफ्ना गन्तव्यतर्फ लागिसकेका र भन्सार हाताबाट लैजान बाँकी सवारी साधन काठमाडौँका लागि प्रस्थान गराउने तयारी भएको छ । यस्तै आयात भएका सामग्रीमा  तयारी पोशाक, जुत्ता तथा चप्पल, जिपकार भ्यान, होजियारी कपडा, ब्याग, मोबाइलका ब्याट्री, स्वास्थ्यका सामग्री, स्याउ, ओखर एवं लसुनलगायत विविध वस्तु रहेको बताइएको छ । नेपालका विभिन्न नदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई आवश्यक पर्ने चिनियाँ उपकरणसमेत आयात भइरहेको छ । निर्यात भने शून्य  रहेको छ ।

गत आवमा रसुवागढी नाकाबाट कूल रु १८ अर्ब ३४ करोड ५४ लाख ६१ ह्जार बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ । प्राप्त माल सामग्रीको मापदण्डअनुरूप मूल्याङ्कनबाट भन्सार, अन्त:शुल्कका साथै मूल्य अभिवृद्धि करसमेतका तीन शीर्षकबाट गत आव रु तीन अर्ब ५४ करोड २७ लाख ९३ हजार असुली भई सो रकम राज्य कोषमा दाखिला भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

विगतका वर्षमा रु आठ अर्ब २७ करोड ४५ लाख असुली  भएकोमा गत वर्ष सामानको आयात परिमाण अत्यन्तै न्यून हँुदा  भन्सार शुल्कबाट उठ्ने राजस्वमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ । यसरी राजस्व गिरावटको मुख्य बाधक भने दोस्रो लहरको कोभिड सङ्क्रमण रहेको छ ।

रोग नियन्त्रणका लागि पहिलो चरणदेखिनै नेपाल–चीनबीचको रसुवागढीस्थित लेहेन्देखोला मितेरी पुलबाट केरुङका लागि सवारी साधनका साथै मानिसको आवागमनसमेत बन्द भई सामग्री आयातमा कमी भएका कारण राजस्व असुलीमा गिरावट आएको भन्सार कर्मचारी बताउँछन् । कोभिड सङ्क्रमणको पहिलो लहरअन्तर्गत केही महिना ठप्प भएको आयात दुई देशीय वार्तापछि चिनियाँ सवारी साधनले नै रसुवागढी सामान पुर्‍याउने सहमतिअनुरुप पुन: कारोवार सञ्चालन भएको थियो ।

जोखिमप्रति सजगता अपनाउँदै रसुवागढीको सीमा क्षेत्रमा चिनियाँ सवारी साधनले ल्याएका सामग्री ओसारपसारका लागि क्वारेन्टिनमा बसेका चालक तथा कामदारलाई प्रवेश गराइएको छ । दैनिक ५० कन्टेनरभन्दा बढी माल सामग्री आयात हुने नाकामा अहिले १५ कन्टेनर मात्र आयात भइरहेको छ । आयातको परिमाण बढाइदिन छिमेकी अधिकारीको नाताले चिनियाँ भन्सारका समकक्षीसँग आफूले पहल गरिरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो ।

निरन्तरको भारी वर्षा, सीमाको कार्यस्थल पहरा फेद, आयात सामग्रीको शुल्क निर्धारण गर्ने स्थल खोलाको बगर भएका कारण समय समयमा भिरबाट खस्ने ढुङ्गा र भोटेकोशीमा आउने बाढीको जोखिमले वर्षायामको समयमा मानसिक त्रास बढ्ने गरेको भन्सारका कर्मचारी बताउँछन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending