Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गोर्खाहरूले आफ्नो माग पूरा गर्न रिले अनशन थाले

खबरडबली संवाददाता

लन्‍डन । पटक-पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।

बेलायत सरकार र नेपाल सरकारलाई पटक-पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताए । बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक एक जना अनशन बस्ने योजना रहेको राईले बताए । सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अनुसार यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको बताए ।

गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएको थियो । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।

नेपाल सरकार र बेलायत सरकारलाई आफ्ना माग पुर्‍याइसकिएको र बेलायतजस्तो ठाउँमा अनशनजस्तो गतिविधि गर्नुले समस्या समाधानभन्दा पनि थप जटिल हुने गेसो संस्थाका सभापति कृष्णकुमार राईले बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडाैं । गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्यासा ...

पाँचौ सातामा ‘महाजात्रा’ : २६ करोड ६५ लाख रुपैयाँको व्यापार

काठमाडौं।  ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्...

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल

राैतहट। नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथल...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी  । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं ...

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

काठमाडाैं  । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर...

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

काठमाडाैं  । एभरेष्ट किचन किंग मसालाको नाम त तपाईले सुन्नु भएको होला । तपाईंले सुन्नु मात्रै होइन, यो ब्रान्डको मसला तपाईंको घरको खानामा प्रयोग पनि गर...

खोकना खण्डको विवादले अड्कियो द्रुतमार्ग

काठमाडौं  । नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको काठमाडौं–तराईरमधेश द्रुतमार्गमा ६४.४७७ किमिमा ठेक्का व्यवस्थापन भए पनि ललितपुरको खोकना खण्डको विवाद...

भारतमा नेपाली चियाको निर्यात बन्द, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता

झापा  । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बत...

दलीय स्वार्थको दलदलमा प्रदेश सरकार

काठमाडौं ।  कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गर...

गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा करोडौंको क्षति

गुल्मी। गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ। शुक्रबार बेलुकी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies