Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

निकुञ्जमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।

यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु हुनेमा सबैभन्दा बढी बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँचजना छन्। 

हात्तीको आक्रमणबाट दुई, बँदेलको आक्रमणबाट एक र गौरी गाईको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा निकुञ्ज र वन कार्यालय क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट ४३ जना घाइते भएका थिए । 

घाइतेमध्ये २५ सामान्य र १८ जना सख्त घाइते भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृत्यु भएको थियो । तीमध्ये डिभिजन वन क्षेत्रमा एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा ३१ घाइते भएका थिए ।

घाँस दाउरा काट्न, निगुरो टिप्न, गाईबस्तु चराउन जाने क्रममा निकुञ्ज र डिभिजन वन क्षेत्रभित्र प्रवेश गर्दा वन्यजन्तुले आक्रमण गर्ने गरेको उनले जानकारी दिए ।  कोरोना सङ्क्रमणसँगै  निषेधाज्ञाको समयमा मानिस फुर्सदिला भएर जङ्गल प्रवेश गर्ने गरेकाले पनि वन्यजन्तुको आक्रमण बढेको हो ।

निकुन्जले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका तथा घाइतेको परिवारलाई राहतस्वरुप रु एक करोड ७४ लाख, ८४ हजार ९२२ वितरण गरेको छ । यो रकम मृतकका परिवारलाई रु १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचार खर्चस्वरुप अवस्था हेरी रु २० हजारदेखि दुई लाखसम्म वितरण गरिएको थियो । 

यस्तै घरगोठ, पशुधन, अन्नबाली, बाली भण्डारणजस्ता क्षेत्रमा वन्यजन्तुले पुर्‍याएको क्षतिबापत पनि राहत वितरण गरिएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies