Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिने

खबर डबली

धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गतिपरीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिए। उनले भने, “ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।”

महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन् । उनले परीक्षणका क्रममा ट्र्याक तथा स्टेशनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताए ।

उनले भने, “परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्र्याकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्र्याक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।”

परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले चेतावनीसमेत दिए। उनले  जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई जिम्मेवार भइदिन अनुरोध गरे। उनले जनकपुरबाट भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

सरकारले जिटुजी ९गभर्मेन्ट टु गभर्मेन्ट० प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...

जसपाले शुक्रबार बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त, ७ सेल अश्रुग्यास प्रहार

धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।   प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...

मोदी र गान्धीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले जारी गर्याे नोटिस

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी ...

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सुर्खेत । नेपाली कांगे्रसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्म...

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविर...

क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ ...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएको छन् । प्राकृतिक स्रोतमा धनी ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies