काठमाडौँ । शेयर कारोवारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पूँजीकरण रु ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ । विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अङ्कले वृद्धि भई दुई हजार ८८३.२८ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १.९३ बिन्दुले उकालो लागेर ५४१.३१ मा पुगेको छ ।
कूल २२३ कम्पनीको पाँच करोड ८५ लाख दुई हजार १०९ कित्ता शेयर रु आठ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ मा कारोवार भएको छ । चालु आर्थिक वर्षको आज अन्तिम दिन बजारले सकारात्मक संकेत गर्दै विदा भएको छ ।
नेप्सेका अनुसार बिहिबार जलविद्युत् उपसमूहको शेयर उकालो लागेको छ । सो उपसमूहको शेयर ५६.१४ बिन्दुले बढेको छ । कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ६.३, व्यापार २८.७१, जलविद्युत् ५६.१४, वित्त ४७.८९, निर्जीवन बीमा ३६.२६, लघुवित्त ४५.७१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन ५०.३८, विकास बैंक १३.६६, उत्पादन ५.८७, अन्य ७.८१, जीवन बीमा ४३.११ र लगानी ०.०१ बिन्दुले ओरालो लागेको छ ।
कारोवारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३६ करोड ७० लाख २३ हजार ५७४ बराबरको कारोवार भयो । एनआइसी एशिया बैंक रु ३३ करोड ११ लाख ४४ हजार ९४०, मेरो माइक्रोफाइनान्स रु २३ करोड ४६ लाख ४४ हजार ९४०, मञ्जुश्री फाइनान्स रु २३ करोड ४३ लाख ३८ हजार ४२५ र नेपाल लाइफ इन्स्योरेन्स रु २० करोड दुई लाख ९१ हजार ८९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै, ङादी ग्रुप अफ पावर ९.४०, रैराङ हाइड्रोपावर ८.९१, गणपति माइक्रोफाइनान्स ७.८८, मञ्जुश्री फाइनान्स ७.८३ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले ७.७८ प्रतिशतले कमाए । त्यस्तै, कृषि विकास बैंकको ऋणपत्र ३.९०, सिभिल लघुवित्त २.८६, लक्ष्मी इक्विटी फण्ड २.८२, ओरियण्टल होटल २.३९ र सोल्टी होटलका लगानीकर्ताले २.२४ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: