काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने सम्पूर्ण मजदूरलाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
नागढुङगा सुरुङ मार्ग आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतिबारे सडक विभाग र आयोजना प्रमुखसँग जानकारी लिएपछि समितिले सो निर्देशन दिएको हो ।
विदेशीसहित ८६ मा केही समयअघि कोरोना पोजेटिभ देखिएपछि काम प्रभावित भएको घटना सुनाउदैँ आयोजना निर्देशक नरेशमान शाक्यले भने, “६०० जना श्रमिकबाट निरन्तर काम भइरहेको छ, उनीहरूका लागि प्राथमिकताका साथ खोप सुनिश्चित होस् ।”
आयोजनाले कोरोना सङ्क्रमणको सम्भावित जोखिम आँकलन गरी चिकित्सकसहित ३२ श्ययाको आसोलेशन निर्माण गरेकामा एकै पटक त्यतिका धेरै मजदुरमा सङ्क्रमण देखिएपछि निर्माण प्रभावित भएको थियो । आयोजनाको निर्माण समग्र प्रगति हासलसम्म १५.९ प्रतिशत रहेको छ ।
आयोजना अघि बढाउने सन्दर्भमा सडक सुरुङ निर्माणमा यसअघि काम गरेको अनुभवको कमी, स्थानीयबाट अनावश्यकरूपमा सम्वोधन नै गर्न नसकिने गरी एकपछि अर्का माग र आयोजना निर्माणप्रति सकारात्मक भावको कमीजस्ता चुनौती रहेको जानकारी दिइएको छ ।
समितिले सुरुङ मार्गको कार्य अवस्थाबारे केही दिनमै स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ । बैठकले आयोजनाका लागि आवश्यकताभन्दा बढी बजेट विनियोजन भएको तथा मूल्य अभिवृद्धि करसम्बन्धी पर्न गराएको असमझदारी र कोको व्यवस्था गर्न अर्थ मन्त्रालयको ध्यानाकषर्ण गराउने निर्णय गरेको सभापति तारादेवी भट्टले जानकारी दिए । समितिले सुरुङको लक्ष्यअनुसारको काम समयमा सक्न र अध्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेभसाइटमा नियमित राख्न पनि सरोकारवाला निकायलाई निर्देशन गरेको छ ।
बैठकले सडक आयोजना तथा पुलको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केका पुल के कति कारणले भत्केका हुन्, निर्माणको क्रममा के कस्ता चुनौती थिए र यसको प्राविधिक तथा अन्य कारणसहितको जानकारी यथासम्भव समितिलाई गराउन सडक विभागलाई निर्देश पनि गरेको छ । यसअघि बैठकमा सडक विभागको महानिर्देशक अर्जुनजङ्ग थापाले आयोजनाको समग्र वस्तुस्थिति तथा मुलुकभरका सडक निर्माणको प्रगतिबारे जानकारी गराएका थिए । चार वर्ष निर्माण अवधि रहेको २.६९ किमी लामो नागढुङ्गा सुरुङ मार्ग निर्माण लागत रु १६ अर्ब छ । उक्त निर्माणपछि सञ्चालन खर्च वार्षिकरूपमा रु चार करोड ४१ लाख लाग्ने अनुमान गरिएको छ । कोरोनाको मुलुकमा लकडाउनको अवस्थामा पनि आयोजनामा उल्लेख्य रुपमा अघि बढिरहेको जानकारी दिइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: