काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने सम्पूर्ण मजदूरलाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
नागढुङगा सुरुङ मार्ग आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतिबारे सडक विभाग र आयोजना प्रमुखसँग जानकारी लिएपछि समितिले सो निर्देशन दिएको हो ।
विदेशीसहित ८६ मा केही समयअघि कोरोना पोजेटिभ देखिएपछि काम प्रभावित भएको घटना सुनाउदैँ आयोजना निर्देशक नरेशमान शाक्यले भने, “६०० जना श्रमिकबाट निरन्तर काम भइरहेको छ, उनीहरूका लागि प्राथमिकताका साथ खोप सुनिश्चित होस् ।”
आयोजनाले कोरोना सङ्क्रमणको सम्भावित जोखिम आँकलन गरी चिकित्सकसहित ३२ श्ययाको आसोलेशन निर्माण गरेकामा एकै पटक त्यतिका धेरै मजदुरमा सङ्क्रमण देखिएपछि निर्माण प्रभावित भएको थियो । आयोजनाको निर्माण समग्र प्रगति हासलसम्म १५.९ प्रतिशत रहेको छ ।
आयोजना अघि बढाउने सन्दर्भमा सडक सुरुङ निर्माणमा यसअघि काम गरेको अनुभवको कमी, स्थानीयबाट अनावश्यकरूपमा सम्वोधन नै गर्न नसकिने गरी एकपछि अर्का माग र आयोजना निर्माणप्रति सकारात्मक भावको कमीजस्ता चुनौती रहेको जानकारी दिइएको छ ।
समितिले सुरुङ मार्गको कार्य अवस्थाबारे केही दिनमै स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ । बैठकले आयोजनाका लागि आवश्यकताभन्दा बढी बजेट विनियोजन भएको तथा मूल्य अभिवृद्धि करसम्बन्धी पर्न गराएको असमझदारी र कोको व्यवस्था गर्न अर्थ मन्त्रालयको ध्यानाकषर्ण गराउने निर्णय गरेको सभापति तारादेवी भट्टले जानकारी दिए । समितिले सुरुङको लक्ष्यअनुसारको काम समयमा सक्न र अध्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेभसाइटमा नियमित राख्न पनि सरोकारवाला निकायलाई निर्देशन गरेको छ ।
बैठकले सडक आयोजना तथा पुलको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केका पुल के कति कारणले भत्केका हुन्, निर्माणको क्रममा के कस्ता चुनौती थिए र यसको प्राविधिक तथा अन्य कारणसहितको जानकारी यथासम्भव समितिलाई गराउन सडक विभागलाई निर्देश पनि गरेको छ । यसअघि बैठकमा सडक विभागको महानिर्देशक अर्जुनजङ्ग थापाले आयोजनाको समग्र वस्तुस्थिति तथा मुलुकभरका सडक निर्माणको प्रगतिबारे जानकारी गराएका थिए । चार वर्ष निर्माण अवधि रहेको २.६९ किमी लामो नागढुङ्गा सुरुङ मार्ग निर्माण लागत रु १६ अर्ब छ । उक्त निर्माणपछि सञ्चालन खर्च वार्षिकरूपमा रु चार करोड ४१ लाख लाग्ने अनुमान गरिएको छ । कोरोनाको मुलुकमा लकडाउनको अवस्थामा पनि आयोजनामा उल्लेख्य रुपमा अघि बढिरहेको जानकारी दिइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: