Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

कोभिडको तेस्रो लहर नियन्त्रण गर्न कार्ययोजना

खबरडबली संवाददाता

सुर्खेत । जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतले सम्भावित कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । 

कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न कर्णाली प्रदेशमै जिल्लाले पहिलोपटक कार्ययोजना तयार गरेको हो । कार्ययोजनामा कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना बनाइएको छ । 
चिकित्सक, नर्स र पारामेडिक्सको चार÷चार जनाको टोली चौबिसै घण्टा तयारी अवस्थामा रहने र त्यसको व्यवस्थापन स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने तोकिएको छ । 

तेस्रो लहरबाट बालबालिका बढी जोखिम हुने भनिएकाले प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा एचडियु बेडलगायत औषधि, उपकरण तयारी अवस्थामा राख्न प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने भनिएको छ ।

आगामी एक महिनाभित्र आवश्यक औषधि खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधिको कमी भएकाले एकैपटक कम्तीमा ३०० जनालाई पुग्ने गरी व्यवस्था गर्नुपर्ने, प्लाज्माथेरापीको व्यवस्था सुर्खेतमै गर्नुपर्ने र कम्तीमा ६०० अक्सिजन सिलिण्डर व्यवस्थापन गर्नुपर्ने भनिएको छ । साथै सुर्खेत जिल्ला बाहिर एउटा अक्सिजन फिलिङ प्लान्ट स्थापना गर्नुपर्ने, प्रदेश अस्पतालमा थप एउटा प्लान्ट बनाउनुपर्ने, टोलमै पिसिआर स्वाब लिने व्यवस्था मिलाउनुपर्ने, एम्बुलेन्स तथा शववाहन तयारी अवस्थामा राख्नुका साथै चालकलाई स्वास्थ्य सुरक्षा सावधानीबारे सचेत गराउनुपर्ने कार्ययोजनामा समेटिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठित समितिले दुई साता लगाएर तयार गरेको उक्त कार्ययोजना आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ । कार्ययोजना निर्माणमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला निकायको सहभागिता थियो । 

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले तेस्रो लहर आउनु अगावै पूर्वतयारी भएकाले सरोकारवाला निकायलाई परिचालन हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रजिअ रिजालले कोभिडको तेस्रो लहर आउनु अगावै कार्ययोजना तयार भएकाले रोकथाम तथा नियन्त्रणका काम गर्न सहज हुने धारणा राखे । “विगतमा पूर्वतयारी नहुँदा धेरै मानवीय क्षति भोग्नुपर्यो, यदि तेस्रो लहर आइहाले विगतमा जस्तो अलमल नहोस् भनेर कार्ययोजना बनाएका छौँ”, उनले भने, “अब यही कार्ययोजनाका आधारमा अहिलेदेखि नै पूर्वतयारीका काम गर्न आवश्यक समन्वय गरिनेछ ।” रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending