Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

वायुसेवा निगम सरकारी स्वामित्वमा नै रहिरहनुपर्छ : महाप्रबन्धक पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको स्पष्ट पारेको छ ।

निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजेको भन्दै निगमका कर्मचारीले विरोध जनाउँदै सङ्घर्षमा उत्रेपछि उक्त विषयमा स्पष्ट गर्दै निगमले व्यवस्थापनका विभिन्न विकल्पमा छलफल मात्रै भएको स्पष्ट पारेको हो ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै निगमलाई कम्पनी लिमिटेडमा रुपान्तरण गर्ने विषयमा सत्यतथ्य विषय सार्वजनिक गरेका छन् । निगम चरम आर्थिक सङ्कटमा गुज्रिरहेका सन्दर्भमा सरकारी स्वामित्वमा रहेको निगमलाई सवल बनाउन आर्थिक सहायताका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा निगमले गरेको अनुरोधका सम्बन्धमा मन्त्रालयबाट निर्देशन प्राप्त भएको र सोहीबमोजिम अघि बढिएको जनाइएको छ ।

कोभिड महामारीका कारण निगमको व्यवसायमा गम्भीर असर परेको र सोका कारण विमान खरीदमार्फत भुक्तानी गर्नुपर्ने किस्ता रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समयमा भुक्तानी गर्न नसकिएको र सरकारले आव २०७८/०७९ को बजेटमा नेपाल वायुसेवा निगमको सङ्गठन पुनःसंरचना गरी व्यावसायिक एवं प्रतिस्पर्धी बनाइने छ भनी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै खुला प्रतिस्पर्धाका माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया शुरु गरी निगमको शेयर पूँजी संरचना परिवर्तन गरी वृद्धि गरिने भनिएको छ । 'अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा विभिन्न पदाधिकारीको बैठकले २०७८/०७९ को बजेटको बुँदा न ४२७ अनुसार निगमको सङ्गठन पुनःसंरचना गरी व्यावसायिक एवं प्रतिस्पर्धी बनाई, खुला प्रतिस्पर्धाका माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया शुरु गर्ने र निगमको शेयर पूँजी संरचना परिवर्तन गरी वृद्धि गर्ने भन्ने नीतिगत व्यवस्थाबमोजिम आवश्यक अवधारणापत्रसहित कार्यान्वयन कार्ययोजना बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा २०७८ असार १५ गते भित्र पेश गर्ने, साथै निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्न यथाशीघ्र (डिउँ डिलिजेन्स अडिट)डिडिए गर्ने निर्णय भएको,' विज्ञप्तिमा भनिएको छ ।

साथै निगमको पुनःसंरचना गर्न निगमले प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा तयार गरी लिमिटेड कम्पनीमा रुपान्तरण गर्न पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा असार १५ गतेभित्र पेश गर्ने निर्णय भएको थियो । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगममा रहेको ऋण लगानीमा हाल लिँदै आएको व्याजदर र हर्जना सम्बन्धमा पुनःविचार गर्न निगमले दुवै कोषसँग आवश्यक समन्वय गरी चालू वर्षको व्याज दायित्व यकीन गर्ने निर्देशन दिइएको थियो ।

अर्थमन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न निगम सञ्चालक समितिको असार १० को बैठकले प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा तयार गर्न सञ्चालक समितिका तीन सदस्य सम्मिलित उपसमिति गरी उक्त उपसमितिले तयार गरेको मस्यौदालाई नै अर्थ मन्त्रालयको निर्देशनअनुरुप पर्यटन मन्त्रालयमा पठाउन समितिको असार १३ को बैठकले व्यवस्थापनलाई निर्देशन दिएको र सोहीबमोजिम व्यवस्थापनले पर्यटन मन्त्रालयलाई उक्त मस्यौदा पठाएको महाप्रबन्धक पौडेलले जनाएका  छन् ।

उपर्युक्त विषयमा निगम सञ्चालक समितिले अर्थ मन्त्रालयको निर्देशनको पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने कार्य गरेको तथा प्रबन्धपत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकाले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापन भएको स्पष्ट पारिएको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका अगुवा कर्मचारी सङ्गठनले उक्त कदमको विरोध गर्दै गतशुक्रबारदेखि निगमका उच्च पदाधीकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । प्रहरी प्रशासनको सहयोगमा मङ्गलबार साँझ कर्मचारीले लगाएको ताला खोलिएको थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...

युक्रेनी ड्रोन आक्रमणको असर : मस्कोको प्रमुख तेल रिफाइनरी ६ महिना बन्द हुने

काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...

जतिबेला पनि निद्रा लागिरहन्छ ? यी हुन सक्छन् कारण

काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...

कक्षा १२ को नतिजा विवादित बन्दै, विद्यार्थी आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...

रास्वपा महाधिवेशनमा मतदान जारी, बिहान ८ बजेसम्म २१ सय मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...

मोहरम पर्वलाई शान्तिपूर्ण बनाउन पर्सामा सर्वपक्षीय बैठक, ९ बुँदे आचारसंहिता जारी

वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...

गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा

पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending