Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

तीन दिन भारी वर्षाको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम बुलेटिनअनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचना अनुसार बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलनलगायतका कुनै पनि कार्य नगर्न र सेतीमादी, त्रिशूली, मस्र्याङ्दी नदीलगायत खोलाको छेउछाउ नजान आग्रह गरिएको छ । 

कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालीन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरीक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

दुर्गम बस्तीमा पनि पहुँच: स्याटेलाइटमार्फत सेवा विस्तार गर्दै नेपाल टेलिकम

काठमाडौं । देशका विकट र दुर्गम बस्तीहरूमा सञ्चार सेवा पुर्‍याउने लक्ष्यसहित नेपाल टेलिकम ले स्याटेलाइट प्रविधिमार्फत मोबाइल र डाटा सेवा विस्तारलाई तीव...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष...

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् ।   राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिप...

रोल्पा दुर्घटनाः २० जनाको मृत्युमा नेकपा संयोजक ‘प्रचण्ड’ स्तब्ध, राहत र सुरक्षामा जोड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व बाट थबाङ गाउँपालिका–१, रोल्पा तर्फ जाँदै गरेको जीप दुर्घटन...

त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्...

नेपाल–चीन सम्बन्धमा नयाँ सन्देश: राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सिंहदरबार मा भएको एक महत्वपूर्ण शिष्टाचार भेटमा लीला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ बीच द्विपक्षीय सम्बन...

रौतहटमा अलपत्र परेका पुल देखेपछि सांसदले भने– अब कुनै पनि बहाना हुँदैन

रौतहट  । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण ...

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं ।  विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आद...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending