काठमाडौँ । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदली छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति देशका अधिकाश भूभागमा बदली रहनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ का एकदुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
बुधबार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
बिहीबार पनि यही मौसमी प्रणाली कायम रहनेछ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम ३० र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस छ । विराटनगरमा सबैभन्दा बढी ५८ र काठमाडौँमा २८ मिलिमिटर वर्षामापन गरिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: