काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको अहिलेको आवश्यकता रुढिवादविरुद्ध विद्रोह भएको बताएका छन्। मार्क्सवादी ज्ञान केन्द्रले भर्चुअल माध्यमबाट आयोजना गरेको ‘समाजवादी क्रान्ति : अवसर र चुनौती’ विषयक अन्तरक्रियामा अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक ध्रुवीकरणबाट कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरी रूढिवादविरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बताएका हुन्।
एमाले र माओवादी मार्क्सवादलाई जीवितरुपमा विकशित गर्ने, परिमार्जन गर्ने र क्रान्तिलाई निरन्तर अगाडि बढाउने, सर्वहारा वर्ग र श्रमजीवी वर्गको जीवनमा आमूल परिवर्तन ल्याउने साधन भएनन्। केही नाराहरू चाहिँ दोहोर्याइ राख्ने र त्यसैको आधारमा चाहिँ आफ्नो जीविका चलाउने जस्ता रूढिवादी संस्था भए,’ प्रचण्डले भने, ‘एमाले एउटा रूढिवाद हो। माओवादी अर्को रूढिवाद बन्दैछ भन्ने लाग्छ मलाई।’
उनले अघि थपे, ‘मदन भण्डारी भनेपछि अरू भन्न नपर्ने, पढ्न नि नपर्ने, लेखन नि नपर्ने, बहस गर्न नि नपर्ने। अब हामी कहाँ अलि अलि प्रचण्ड भने पछि धेरै चिज हुन्छ भन्या जस्तो प्रवृत्ति छ। त्यो पनि मलाई सही प्रवृत्ति हो भन्ने नै लाग्दैन। या माओवाद वा माओवादी भनिदिएपछि भनेपछि पुग्यो। पहिचान भयो त्यो। र हिजोको इतिहासको व्याज खानेतिर लाग्ने, त्यसैलाई मन्त्र बनाएर, घोटेर, सिद्धान्त बनाएर भोट माग्ने प्रवृत्ति बढ्यो। यो मार्क्सवाद होइन। यो रूढिवाद हो। २१ औं शताब्दीको जनवाद या माओवाद या प्रचण्ड भनेर आफ्नो जीविका चलाउने, चुनाव जित्ने, त्यो सही हो/होइन समालोचनात्मक दृष्टिले हेर्नुको सट्टा त्यही जपेर बस्ने, यो त ठ्याक्कै त्यस्तै भयो नि वौद्धभिक्षु रहेसम्म घण्टी बजाउने हो, घण्टी बजाछ हिँड्या छ।’
प्रचण्डले नेपालका सबै कम्युनिस्ट शक्तिहरू रूढिवादी हुँदै गएको बताए। रूढिवाद परिवर्तनको बाधक भएकोले त्यसविरुद्ध संघर्ष अनिवार्य भएको उनको भनाई छ। प्रचण्डले भने, ‘कतिपयले रूढिवाद अलिकति राम्रो हो कि भन्ने पनि गर्छन्। त्यस्तो होइन। रूढिवाद बढो खतरनाक चिज हो। त्यसले विकाशलाई, गतिलाई, सिर्जनालाई, समृद्धिलाई सबै चिजलाई रोक्छ। त्यस कारण त्यसका विरुद्ध संघर्ष अनिवार्य छ।’
पछिल्लो समय केपी ओलीमार्फत कम्युनिस्ट आन्दोलनमा दलाल पूँजिवाद हाबी भएको प्रचण्डको भनाई छ। राष्ट्र लोकतन्त्रको निम्ति ओली प्रवृत्ति भयानक बन्ने अवस्था आएपछि आफूहरूले त्यसविरुद्ध विद्रोह गरेको उनको स्पष्टोक्ति छ। उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा जब केपी ओलीमा दलाल पूँजिवादको अगाडि आत्मसमर्पण, नोकरशाही र नेपालको भू-राजनीतिमा विदेशी प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्ने प्रवृत्ति देखियो र आफ्नो मित्रहरूलाई दुस्मन देख्ने, निषेध गर्ने, जाल झेल, सड्यन्त्र यी सबै चिजको संकेन्द्रण उनमा देखिएपछि हामीले यो प्रवृत्तिको विरुद्ध संघर्ष गर्नुपर्छ भनेर लागेका हौं।’
उनले केपी ओलीले अघि सारेको आर्थिक दृष्टिकोणमा कहीँ पनि समाजवाद नदेखिएको बताए। समाजवादका लागि अहिलेको देखिएको पूँजिवादी चरित्र बाधक बन्ने भएकोले एमाले र माओवाद भत्काएर नयाँ समाजवादी क्रान्ति अघि बढाउनु पर्ने विचार अघि सारे। उनले अहिलेको संसदीय रूढिवादले कहीँ पनि नपुर्याउने भएकोले यसमा परिवर्तनको आवश्यकता पनि प्रचण्डले औँल्याए। उनले कम्युनिस्ट आन्दोलन अघि बढाउन दुनियाँ बल्नेतिर जान पुरानो संस्कृति र पद्धति भत्काउने र नयाँ बनाउने तिर लाग्नु पर्ने बताए। त्यस दिशामा युवाहरू लाग्न हिच्किचाउन नहुने पनि उनको भनाई छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: