Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भरतपुर विमानस्थलले दुई महिनापछि उडान गर्दै

रासस

भरतपुर । दुई महिनादेखि बन्द अवस्थामा रहेको भरतपुर विमानस्थलले आजदेखि उडान शुरु गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण निषेधाज्ञासँगै बन्द भएका यहाँको उडान पुन: शुरु गर्न लागिएको हो ।

विमानस्थल प्रमुख योगेन्द्र कुँवरले कोभिड नियन्त्रणको सुरक्षा मापदण्ड कार्यविधिअनुसार विमानस्थलमा उडान शुरु गर्न लागिएको जानकारी दिए  । स्थानीय प्रशासनले गत वैशाख १६ गते रातिदेखि निषेधाज्ञा गरेसँगै बन्द भएको उडान आजबाट शुरु गर्न लागिएको हो । उनले मास्क, भाइजर, सामाजिक दूरी कायम गर्नुपर्ने, डिस इन्फेक्सन गरेर मात्रै उडान गर्नुपर्ने उनले जानकारी दिए  । शुरुआती समयमा उडान कम हुने उनले बताए  । भरतपुर विमानस्थलमा यात्रुलाई बस्नका लागि बनाइएका प्रतिक्षालयमा सामाजिक दूरी कायम गर्नका लागि सन्देशमूलक चिह राखिएको उनको भनाइ छ ।

निषेधाज्ञाअघि विमानस्थलबाट आठ सयदेखि एक हजारसम्म यात्रु दैनिक आवतजावत गर्ने गरेको उनले बताए ।  बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बस्नेतले आजदेखि शुरु गर्न लागिएको उडान कटौती गरिएको जानकारी दिए । दैनिक छ वटासम्म चितवन–काठमाडौँ उडान हुँदै आएकामा अहिले तीन मात्र उडान हुने उनले बताए । उनका अनुसार स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी उडान गरिने छ । त्यसका लागि तयारी गरिएको बस्नेतको भनाइ छ । यसअघि बुद्धसँगै भरतपुरबाट यती एयरलाइन्सले दैनिक चारसम्म उडान भर्दै आएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending