Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

कालीगण्डकी परियोजनाविरुद्ध पाँच राजनीतिक दल

खबरडबली संवाददाता

वालिङ । कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् ।

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्घर्षका लागि तयार रहन आग्रह गरेका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त योजना राष्ट्रिय हितमा नरहेको स्पष्ट हुँदाहुँदै पनि जबर्जस्ती कार्यालय स्थापना गर्ने कार्य बद्नियतपूर्ण रहेको जनाएको छ । कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरे, नेकपा एमालेका अध्यक्ष रामचन्द्र भट्टराई, जसपा अध्यक्ष श्याम ढकाल र राजमा अध्यक्ष राजेन्द्र गैरेले संयुक्त रुपमा विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

प्राचीन मानव सभ्यताको उद्गम स्थल, सनातन संस्कृतिको धरोहर, शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकीको प्राकृतिक माग परिवर्तन गर्ने गरी जुन योजना अगाडि बढाउन थालिएको छ, यो कार्यप्रति स्याङ्जाका क्रियाशील पाँच राजनीतिक दलको गम्भीर ध्यानाकर्षण भएको कांग्रेस कार्यवाहक सभापति रानाले बताए । “सामाजिक, साँस्कृतिक, प्राकृतिक एवं वातावरणीय, आर्थिक पक्षको बृहत् अध्ययन, सरोकारवालाहरुसँगको गहन छलफल तथा परामर्श विना सङ्घीयताको मर्म र भावना विपरित यो परियोजना अगाडि बढाउन खोजिएको छ”, नले भने, “ सीमित स्वार्थमा सम्झौता गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ”

यस परियोजनाले कालीगण्डकी जलाधार क्षेत्रमा बसोबास गर्ने नागरिकको जनजीवन प्रभावित पार्ने र कृषि उत्पादनको ठूलो भूभाग मरुभूमिकरणमा परिणत हुने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक घिमिरेले बताए । “यो परियोजनाको निर्माणले आर्थिक क्षति धेरै हुनुका साथै जलाधार क्षेत्रमा बसोवास गर्ने नागरिकको जनजीवनलाई गम्भीर असर पर्न गई विस्थापितसमेत हुनुपर्ने अवस्था समेत आउन सक्छ”, उनले भने, “राष्ट्रिय हितमा नरहेको यो परियोजना सञ्चालन गर्ने उद्देश्यले कार्यालय स्थापना गरेर कार्य अगाडि बढाउन खोज्नु बद्नियतपूर्ण छ ।”

नेपालीको हितमा नरहेको यो परियोजनाका विरुद्धमा डटेर सामना गर्न दलहरु प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । यसका विरुद्धमा आ–आफ्नो ठाउँबाट आवाज बुलन्द गर्न र आवश्यक परेको खण्डमा सङ्घर्षका लागि तयार रहन पनि विज्ञप्तिमार्फत अपिल गरिएको छ । 

कालीगण्डकी नदी स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी शिलादेखि स्याङ्जा, तनहुँ र पाल्पाको सङ्गमस्थल केलादीघाटसम्म स्याङ्जा जिल्ला भएर वगेको छ । स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीभन्दा केही तलबाट बाँध बाँधेर डाइभर्सन गरी तिनाउ नदीमा पानी लैजाने यसअघि पनि पटक पटक छलफल तथा प्रयासहरु भएका थिए । तर बाँध बाँध्ने स्थलभन्दा तल्लो तटीय क्षेत्रमा रहेका स्याङ्जा, पाल्पा, तनहुँ, नवलपुरलगायतका जिल्लावासीले यसको विरोध गर्दै आएका छन् ।

कालीगण्डकी डाइभर्सन परियोजनाको विरोधमा गण्डकी प्रदेश सरकारले सोमबार बोलाएको सर्वपक्षीय बैठकमा प्रदेशका विभिन्न राजनीतिक दल तथा संघसंस्थाले यो आयोजना तत्काल रोक्न सरकारसँग माग गरेका थिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending