Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

विवादका कारण हुलाकी सडक निर्माण प्रभावित

रासस

लहान । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माणकार्य प्रभावित भएको छ । बोदे बर्साइन बजारको शत्रुघन चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र काम सम्पन्न भइसके पनि जग्गा अधिग्रहणको विवादका कारण इलाका प्रहरी कार्यालय पूर्व र शत्रुघन चौकदेखि पश्चिमबीचको करिब ३०० मिटर सडक निर्माण अवरुद्ध भएको हो ।

बोदे बर्साइन नगरपालिका–५ बजारको उक्त सडकमा कब्रिस्तानको पर्खाल परेपछि सो पर्खाल भत्काउन नमानेका कारण निर्माण काम अवरुद्ध भएको जनाइएको छ । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको स्थानीयवासीको भनाइ छ । कब्रिस्तानको करिब डेढ मिटर पर्खाल सडकको मापदण्डमा पर्ने भएकाले पर्खाल भत्काउन नमान्दा त्यस खण्डमा निर्माण काम शुरु नभएको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि कमलप्रसाद यादवले जानकारी दिए । 

जग्गासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको भन्दै उनले जग्गा अधिग्रहण गर्न नगरपालिका र वडा कार्यालयले पहल नगरेका कारण समस्या यथावत रहेको बताए । जग्गा अधिग्रहण भई निर्माणको वातावरण बनेमा निर्माणकार्य सकिएर जाने उहाँको कथन छ । सो सम्बन्धमा नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले जग्गा प्राप्तिका लागि पटकपटक पहल गरे पनि कब्रिस्तानका मानिसले नमानेको बताए। उक्त जग्गासम्बन्धी अदालतमा मुद्दा चलेकाले अदालतले दिने फैसलाअनुसार कार्य अगाडि बढ्ने उनको कथन छ । रौता श्रेष्ठ डिवा जेभी रातोपुलले २०७७ असार २९ गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७४ पुस १४ गते सम्झौता गरेको थियो । सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि छ महिना म्याद थप गरिएको छ । थपिएको म्याद २०७७ पुस २८ गते सकिएको छ ।

पूर्व राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब १८ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि यादवले जानकारी दिए । उनका अनुसार बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको छ । करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending