Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

९ 'भाइ' अधिवक्ताको अपिल : बहसमा इजलासको मर्यादा जोगाउनु

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न अधिवक्ताले प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्धामा सर्वोच्च अदालतमा बहशका क्रममाम इजलासको मर्यादा कायम गर्न अपिल गरेका छन् ।

ती कानून व्यावसायीले आज संयुक्त अपिल जारी गरी नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आव्हान बमोजिम नयाँ सरकार गठनका लागि परेका दुवै दावी अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भएको प्रतिनिधिसभा विघट निर्णयविरुद्ध परेका रिट निवेदनमाथि बहस जारी छ ।

सरकार गठनका लागि पेश भएका दाबीहरू अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयपश्चात नेपालको संविधानको धारा ७६(७) बमोजिम प्रतिनिधिसभा विघटन सिफारिश गर्ने प्रधानमन्त्रीको निर्णयको वैधानिकता परीक्षण भई सम्मानित अदालबाट विवेकसम्मत तथा न्यायपूर्ण निर्णय हुने र संवैधानिक सर्वोच्चता कायम रहनेमा अपिलमा विश्वास व्यक्त गरिएको छ ।

'कानून व्यवसायी केवल पक्ष वा विपक्षका प्रतिनिधि मात्र हैनन, अपितु न्यायप्रणालीका अभिन्न अंग पनि हुन । मुद्दा तथा मुद्दाका पक्षहरू समय, काल र परिस्थिति अनुसार परिवर्तन भइरहन्छन तर कानून ब्यावसायीको मर्यादा अपरिवर्तनीय हुन्छ ।' अपिलमा भनिएको छ, 'विपक्षीको अनुहार, पद र चरित्र हेरेर कानून व्यवसायीले मर्यादाको मानक बनाउने होइन, बरू संविधान, कानून तथा सिद्धान्तको आधारमा कानून व्यवसायीको आचारसंहिताको परिधिभित्र रहेर पक्षको हितार्थ लड्नु चाहीँ कानून ब्यावसायीको धर्म हो । यस क्रममा कानून व्यवसायमा आबद्ध सबैलाई संविधानको सर्वोच्चता, आफ्नै नैतिक बन्धनहरू तथा विवेकले निर्देशित गर्नुपर्दछ भन्ने विश्वव्यापी मान्यताबाट हामी अलग हुन सक्दैनौं ।'

आफू पक्ष रहेको मुद्दाका विपक्षीलाई सार्वजनिक रूपमा सल्लाह दिने कार्य कानून व्यवसायीको आचरण र आचारसंहिता विपरितको कार्य भएको र  अदालतमा बहसका क्रममा कानून व्यवसायीबाट कतिपय विम्ब तथा शब्दहरूको प्रयोगले कानून व्यवसायीको प्रतिष्ठा नै स्खलन गराउने विज्ञप्तिमा जनाइएको छ । केही दिन अघि बहसका क्रममा एक कानून व्यावसायीले विदेशका घटनाको उदाहरण दिँदै राष्ट्रपति र प्रधानमन्त्रीको हत्या हुन सक्ने चेतावनी दिनुभएको थियो ।

'नयाँ पिंढीका कानुन अभ्यासकर्ताको लागि आदर्श बन्नुपर्ने अग्रजले नै बेन्चको मर्यादा नाघेर इजलासमा अक्रोशपूर्ण तरिकाले बहस गर्ने, तुच्छ शब्दावलीयुक्त गीतलाई आफ्नो विपक्षको चारित्रिक विम्बको रूपमा प्रस्तुत गर्ने र रीतपूर्वक गठित इजलासका न्यायमूर्तिहरू प्रति प्रत्यक्ष परोक्ष रूपमा लान्छना लगाई न्यायमुर्तिहरूको खिलाफ न्यायमुर्तिहरूलाई नै भिडाउने जस्ता हाल प्रदर्शन भइरहेका निम्नस्तरका ब्यवहारप्रति हामी कानून ब्यावसायीहरू चासो र चिन्ता प्रकट गर्दछौं ।' अलिपमा भनिएको छ ।

अघिल्ला पुस्ताका अग्रज कानून व्यवसायीहरू (स्व. गणेशराज शर्मा, स्व. कुसुम श्रेष्ठ, स्व. सुर्य विक्रम ज्ञवाली, स्व. शान्ता थपलिया, स्व. वाशुदेव ढुंगाना आदी) कानून अभ्यासमा उच्च नैतिक मानक स्थापित गरेको हामी स–सम्मान स्मरण पनि अपिलमा गरिएको छ ।

अपिलमा अधिवक्ताहरु यज्ञराज थापा, विशाल न्यौपाने, निर्मलकुमार उप्रेती, निरव ज्ञवाली, पुष्कर घिमिरे, लक्ष्मी तमाङ, सुजन पाण्डे, सुजन रिजाल र विश्व भण्डारीका तर्फबाट अधिवक्ता रामशरण घोरसाइनेले हस्ताक्षर गरेका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण

काठमाडौं  । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...

ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

हुम्ला  । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...

प्रदेशसभामा बोल्न नदिएको भन्दै पूर्वमुख्यमन्त्री शर्माको असन्तुष्टि

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १ सय भन्दा बढी व्यक्ति पक्राउ

काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य, कतिमा हुन्छ बिक्री ?

चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...

ग्यास आपूर्ति कडाइको असर : भारतबाट नेपाली मजदुर स्वदेश फर्किन थाले

सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...

निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: