Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट एकीकृत बनाउने अभियानमा लाग्न माधव नेपालको आह्वान

कम्युनिष्ट पार्टीको नेतृत्वमा संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि प्रहार हुनु दुःखद्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीको नेतृत्वमा लोकतन्त्र, संविधान र राष्ट्रितामाथि निर्मम प्रहार गरी अधिनायक र दक्षिणपन्थी बाटो अवलम्बन गर्नु दु:खद भएको टिप्पणी गरेका छन् । जन नेता मदन कुमार भण्डारीको ७० औं जन्म जयन्तीको अवसरमा सोमबार एक शुभकामना वक्तव्य जारी गर्दै उनले त्यस विरुद्ध लड्न सबैमा आह्वान गरेका छन् । 

‘राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो  यथार्थ एवम् हामी सबैका लागि दु:खद अवस्था हो’, उनले उल्लेख गरेका छन् ।

भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेता नेपालले अधिनायकवाद तथा निरंकुशता विरुद्ध भण्डारीले लामो संघर्ष गरेको स्मरण गराउँदै उनकै नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन समेतको  अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक   प्रयोग र विकासको नयॅा आधार निर्माण भएको बताए । 

‘कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दु:ख– सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो’, विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले प्रधानमन्त्री ओली प्रति लक्षित गर्दै शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी कम्युनिष्ट आन्दोलन ध्वस्त बनाएको आरोप लगाए । यस्तै, उनले पार्टी नेतृत्वको सबैखाले विकृति, विसंगति, अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शीराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी  नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । 

यस्तो छ माधव नेपालले सोमबार जारी गरेको बक्तव्य :


७० औँ मदन जयन्तीको हार्दिक शुभकामना !

आज असार १४, नेकपा एमालेका तत्कालीन महासचिव जननेता कमरेड मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्ती, सबैभन्दा पहिले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 

अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन समेतको  अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक   प्रयोग र विकासको नयॅा आधार निर्माण गर्यौं। यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दुख( सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो। 
शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो  यथार्थ एवम् हामी सबैका लागि दुस्खद अवस्था हो । अतस् विद्यमान वैचारिक(राजनैतिक(सांस्कृतिक (आर्थिक विचलन,  विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । 
माधवकुमार नेपाल, १४ असार २०७८

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending