कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो ।
सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् ।
विगतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आएको थियो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कैलालीमा ३८ हजार ७८६ (५५ प्रतिशत), कञ्चनपुरमा १६ हजार ९६६ (३५ प्रतिशत), अछाममा सात हजार ४६५ दशमलव पाँच (४५ प्रतिशत), बाजुरामा तीन हजार ९४६(५५ प्रतिशत), बझाङमा पाँच हजार ७१६ दशमलव आठ (४५ प्रतिशत) र बैतडीमा चार हजार ५० (४५ प्रतिशत) हेक्टरमा रोपाइँ सकिएको छ ।
यसैगरी दार्चुलामा २२४ (६२ प्रतिशत), डडेल्धुरामा तीन हजार ७१२ दशमलव आठ (६० प्रतिशत), डोटीमा चार हजार ५०० (४२ प्रतिशत) गरी ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टरमा रोपाइँ सकिएको छ । कैलालीमा ७० हजार ५२०, कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा नौ हजार र दार्चुलामा चार हजार ४८० हेक्टरमा धान खेती हुने गरेको छ ।
यसैगरी डडेल्धुरामा छ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी एक लाख ८५ हजार ८४७ हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशमा धानको औषत वार्षिक उत्पादन छ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । धानको प्रति हेक्टर उत्पाकत्व ३.३ देखि ३.५ प्रतिशतसम्म रहेको छ ।
हाल किसानलाई अनुदानमा सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइन थालेपछि रोपाइँको कार्य सहज रुपमा हुँदै आएको प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए ।
“सिँचाइको सुविधा उपलब्ध भएसँगै किसानले उन्नत जातका धानको बीउको प्रयोग गरी आधुनिक तरिकाले खेतीलाई अगाडि बढाउँदै आएका छन्”, उनले भने, “केही किसानले अझै पनि परम्परागत तरिकाले धान खेती गर्दै आएका छन्, उहाँहरुलाई पनि धान खेतीका नौला तौर तरिका सिकाउन आवश्यक छ, त्यसका लागि कृषि ज्ञान केन्द्र र निर्देशनालयले तालीम प्रदान गर्ने कार्यसँगै उपकरण, औजार र बीउमा अनुदान उपलब्ध गराउने छ ।”
असारको अन्तिम हप्तादेखि साउनको पहिलो हप्तासम्म किसानले रोपाइँ सक्ने कार्यालय प्रमुख जोशीको भनाइ छ । प्रदेशका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा अधिक जग्गामा धान खेती हुने गरेको छ ।
“बाह्य क्षेत्रबाट आयत हुने धान चामललाई प्रतिस्थापन गर्नका लागि आधुनिक धान खेती प्रणालीलाइ अपनाउन आवश्यक भएको छ”, उनले भने, “यसका लागि निर्देशनालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्य अगाडि बढाउँदै आएको छ ।”
उन्नत जातका धानका प्रजातिप्रति किसानको आकर्षण बढ्नु, समयमै मल, बीउविजन र किटनाशक आषधीको व्यवस्थासँगै उत्पादन लागत घटाएर प्रतिस्पर्धी बनाउन रोपाइँ, कटाइ, चुटाइ, रोग किरा व्यवस्थापन र झारपात नियन्त्रणमा मेसिन तथा औजारको प्रयोगलाई बढावा दिइँदै आएकाले उत्पादनमा विगतको तुलनामा बढोत्तरी हुँदै आएको बताइएको छ ।
मौसम प्रतिकूलताका कारण धानको मौसममा अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि र रोगकिराको प्रकोपका कारण उत्पादनमा कमी आउनुको मुख्य कारणका रुपमा रहेको छ । किसानले आयातित धानको गुणस्तर र मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले उचित मूल्य पाउनबाट भने वञ्चित रहँदै आउनुपरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: