Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जो रोपण

रासस

काठमाडौं । तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ ।

गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको बिरुवा नदी किनारमा क्रियाशील छ वटा उपभोक्ता समितिको सक्रियतामा शुक्रबार रोपिएको हो । आलोकनगर मार्ग टोल सुधार समिति, आलोकनगर मन्दिर व्यवस्थापन समिति, आलोकनगर कम्युनिटी, नेपाल आमा सेवा आलोकनगर, जीवन विज्ञान योग साधना केन्द्र मीनभवन, पतञ्जलि योग समिति मीनभवन केन्द्रका पदाधिकारी एवं सदस्यको गुर्जो रोपणमा सक्रियता थियो । 

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले नदी किनारमा महाऔषधि रोप्दा सबैलाई काम लाग्ने बताए ।  आलोकनगर मार्ग टोलसुधार समितिका डी आर पोखरेल, आलोकनगर मन्दिर व्यवस्थापन समितिका बोधराज श्रेष्ठ, आलोकनगर कम्युनिटीका ध्रुबराज पोखरेल, नेपाल आमा सेवा आलोकनगरका देवी सुवेदी, स्थानीय समाजसेवी राजेशमोहन प्रधानलगायतले रोपिएको बिरुवा दैनिक अनुगमन गरी संरक्षण गरिने वाचा गरो थिए । 

 त्यस क्षेत्रको नदी किनारमा गत वर्ष रोपिएका गुर्जोका बिरुवा पनि बढेको अवस्थामा पाइएको अभियानकर्मी राजलवटले जानकारी दिनुभयो । विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० गुर्जोका बिरुवा रोप्न नि:शुल्क वितरण गरिएको सो अवसरमा उहाँले सुनाउनुभयो । यस वर्ष पनि करिब सात हजार बिरुवा रोप्न नि:शुल्क वितरण भइसकेको छ ।

 नि:शुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो नि:शुल्क वितरणसमेत गरियो । आन्तरिक राजश्व कार्यालय लाहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रुपमा नि:शुल्क वितरण अभियानमा उनी लागेका हुनु। हाल धुलिखेलमा सरुवा भएपछि पनि उनले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिएका छन् ।
 
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउँछन् । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE