Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्राधिकरणले गर्यो विपद्को पूर्व तयारी

रासस

रसुवा । बाढी पहिरोका कारण  हुने विद्युत्  प्रसारणको अवरोध तत्काल नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक जनशक्तिसहित विपद् पूर्व तयारी गरेको छ । स्याफ्रुबेँसीदेखि रसुवागढी क्षेत्रकोे सडक मार्ग अन्र्तगत  प्राय:जसो  स्थानमा पहिरो जाँदा  विद्युतको खम्वा ढल्ने र तार चुँडीने समस्या बढेपछि अन्तर्राष्ट्रिय सीमा रसुवागढीनाका क्षेत्रमा बत्तीको तत्काल आपुर्ति व्यवस्थापन मिलाउन विद्युतका नयाँ खम्वा तथा तार तयारी  हालतमा राखिएको  हो । 

 चीनबाट आयात भएका सामग्रीको भन्सार अभिलेख तयार गराउन सञ्चालन हुने उपकरण, टिमुरेका स्थानीय, सुरक्षा निकाय, राष्ट्रिय गौरवको निर्माणाधिन १११ मेगावाट  रसुवागढी जलविद्युत् आयोजना समेतका क्षेत्रलाई तत्काल विद्युत् आपुर्तिमा सहज पार्न विपद् पूर्व तयारीको व्यवस्थापन गरिएको   नेपाल विद्युत प्राधिकरण रसुवा शाखाका प्रमुख  प्रेमवहादुर भण्डारीले बताए ।

पहिराले विद्युत्का खम्वा भाँच्न थालेपछि विद्युत्  प्राधिकरणका जनशक्ति दिनहुँजसो मर्मतमा तल्लिन रहेको र विगतभन्दा यस वर्ष टिमुरे रसुवागढी क्षेत्रमा बत्तीको उज्यालोबाट बिमुख हुन नपरेको  स्थानीय कामीनुर्पु तामाङले जानकारी दिए। 

 रसुवागढी क्षेत्रमा प्राकृतिक रूपमा आउने र अन्यक्षेत्रमा ग्रामिण मार्ग निर्माण गराउँदा निम्तिने पहिराले विद्युत्  प्रसारणको खम्वा जोगाउन गम्भीर समस्या उत्पन्न  भएको छ ।  एकातीर सडकको विकास अर्कोतर्फ विद्युतको खम्वा विनास भइरहेकोले सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मुल्याङ्कनको अध्ययन गराउन जरूरी भइसकेको जनआवाज उठ्न थालेको छ । रसुवाको उत्तरगया गाउँपालिकाको करूम्राङ र गोसाइँकुण्ड गाउँपालिकाको लाङ्टाङवाहेक अन्य सम्पूर्ण भागमा  विद्युत् प्रसारण भइसकेको छ।

 प्राकृतिक प्रकोपबाट कुनै खम्वा वा तारको क्षति भएमा छिटो प्राधिकरणको एकाइलाई खवर गरी तत्काल मर्मत एवं पुन: निर्माण कार्यमा सहयोग गरिदिन उपभोक्तालाई आग्रह गरिएको प्राधिकरणले जनाएको छ । निरन्तर विद्युत्  प्रवाह भइरहने हुँदा खम्वा ढलेमा वा  तार चुडिएको देखिएमा  नछुन र भलपानी तर्काउने निहुँमा  विद्युत् खम्वाको छेउछाउमा पानी नपठाउन  समेत  प्राधिकरणले आग्रह गरेको छ।

 जिल्ला भित्र करिव १५ हजार  खम्वा गाडिएको र समग्रमा छ सय किलोमिटर भन्दा बढी दूरीको प्रसारित  लाइनबाट  ग्रामिण क्षेत्रमा विद्युत्  आपुर्ति भइरहेको प्राधिकरणका सिनियर सुपरभाइजर धनवहादुर तामाङले जानकारी दिए । विद्युत् उपभोग गर्ने ग्राहक सङ्ख्या भने नौ हजार पाँच सय घर परिवार रहेको बताइएको छ। 

 मासिक रू एक करोड विद्युत् शुल्क उठ्ने गरेको र चुहावट भने अत्यन्तै न्यून रहेको छ । अवैधानिक  तवरले विद्युत चुहावट गरी आफुलाई फाइदा र प्राधिकरणलाई नोक्सान पार्ने केही व्यक्तिलाई कारवाही समेत गरिएको प्रमुख भण्डारीले जानकारी दिए । 

 जिल्लाको  भौगोलिक भू धराताल बढीमात्रामा भीरालो र माटो खुकुलो भएका कारण वर्षायामको अवधिमा बाढी पहिराले तार तथा खम्वाहरू क्षति हुने गरेको प्राधिकरणका विद्युत् प्राविधिक बताउछन् । कुनै ग्राहकको घरमा विद्युत् प्रसारण अवरोध भएमा  छिटो भन्दा छिटो सूचना दिने ग्राहकको हकमा मध्यान्ह १२ बजे भित्र सोही दिन र त्यसपछि सूचना दिने ग्राहकको भने काम गर्दै जाँदा मर्मत कार्य सम्पन्न नसके भोलिपल्ट विद्युत् आपुर्ति गराउने कार्य तालिका बनाइएको बताइएको छ ।

 यस्तै विद्युत् उपभोग गर्ने ग्राहकले इसेवा मार्फत शुल्क तिर्न सक्ने  र ग्रामिण क्षेत्रमा यस्तो सेवाबाट तिर्न नसक्नेका लागि धुञ्चे, कालिकास्थान  एवं वेत्रावतीको एकाइमा बुझाउन सक्ने व्यवस्था मिलाइएको छ  ।  तिर्नुपर्ने मासिक शुल्क भने मिटर परिक्षण गर्ने कर्मचारीले परिक्षण गर्दासाथ ग्राहकलाई उपलव्ध गराउने गरेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखा धुञ्चेले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: