Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

प्राधिकरणले गर्यो विपद्को पूर्व तयारी

रासस

रसुवा । बाढी पहिरोका कारण  हुने विद्युत्  प्रसारणको अवरोध तत्काल नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक जनशक्तिसहित विपद् पूर्व तयारी गरेको छ । स्याफ्रुबेँसीदेखि रसुवागढी क्षेत्रकोे सडक मार्ग अन्र्तगत  प्राय:जसो  स्थानमा पहिरो जाँदा  विद्युतको खम्वा ढल्ने र तार चुँडीने समस्या बढेपछि अन्तर्राष्ट्रिय सीमा रसुवागढीनाका क्षेत्रमा बत्तीको तत्काल आपुर्ति व्यवस्थापन मिलाउन विद्युतका नयाँ खम्वा तथा तार तयारी  हालतमा राखिएको  हो । 

 चीनबाट आयात भएका सामग्रीको भन्सार अभिलेख तयार गराउन सञ्चालन हुने उपकरण, टिमुरेका स्थानीय, सुरक्षा निकाय, राष्ट्रिय गौरवको निर्माणाधिन १११ मेगावाट  रसुवागढी जलविद्युत् आयोजना समेतका क्षेत्रलाई तत्काल विद्युत् आपुर्तिमा सहज पार्न विपद् पूर्व तयारीको व्यवस्थापन गरिएको   नेपाल विद्युत प्राधिकरण रसुवा शाखाका प्रमुख  प्रेमवहादुर भण्डारीले बताए ।

पहिराले विद्युत्का खम्वा भाँच्न थालेपछि विद्युत्  प्राधिकरणका जनशक्ति दिनहुँजसो मर्मतमा तल्लिन रहेको र विगतभन्दा यस वर्ष टिमुरे रसुवागढी क्षेत्रमा बत्तीको उज्यालोबाट बिमुख हुन नपरेको  स्थानीय कामीनुर्पु तामाङले जानकारी दिए। 

 रसुवागढी क्षेत्रमा प्राकृतिक रूपमा आउने र अन्यक्षेत्रमा ग्रामिण मार्ग निर्माण गराउँदा निम्तिने पहिराले विद्युत्  प्रसारणको खम्वा जोगाउन गम्भीर समस्या उत्पन्न  भएको छ ।  एकातीर सडकको विकास अर्कोतर्फ विद्युतको खम्वा विनास भइरहेकोले सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मुल्याङ्कनको अध्ययन गराउन जरूरी भइसकेको जनआवाज उठ्न थालेको छ । रसुवाको उत्तरगया गाउँपालिकाको करूम्राङ र गोसाइँकुण्ड गाउँपालिकाको लाङ्टाङवाहेक अन्य सम्पूर्ण भागमा  विद्युत् प्रसारण भइसकेको छ।

 प्राकृतिक प्रकोपबाट कुनै खम्वा वा तारको क्षति भएमा छिटो प्राधिकरणको एकाइलाई खवर गरी तत्काल मर्मत एवं पुन: निर्माण कार्यमा सहयोग गरिदिन उपभोक्तालाई आग्रह गरिएको प्राधिकरणले जनाएको छ । निरन्तर विद्युत्  प्रवाह भइरहने हुँदा खम्वा ढलेमा वा  तार चुडिएको देखिएमा  नछुन र भलपानी तर्काउने निहुँमा  विद्युत् खम्वाको छेउछाउमा पानी नपठाउन  समेत  प्राधिकरणले आग्रह गरेको छ।

 जिल्ला भित्र करिव १५ हजार  खम्वा गाडिएको र समग्रमा छ सय किलोमिटर भन्दा बढी दूरीको प्रसारित  लाइनबाट  ग्रामिण क्षेत्रमा विद्युत्  आपुर्ति भइरहेको प्राधिकरणका सिनियर सुपरभाइजर धनवहादुर तामाङले जानकारी दिए । विद्युत् उपभोग गर्ने ग्राहक सङ्ख्या भने नौ हजार पाँच सय घर परिवार रहेको बताइएको छ। 

 मासिक रू एक करोड विद्युत् शुल्क उठ्ने गरेको र चुहावट भने अत्यन्तै न्यून रहेको छ । अवैधानिक  तवरले विद्युत चुहावट गरी आफुलाई फाइदा र प्राधिकरणलाई नोक्सान पार्ने केही व्यक्तिलाई कारवाही समेत गरिएको प्रमुख भण्डारीले जानकारी दिए । 

 जिल्लाको  भौगोलिक भू धराताल बढीमात्रामा भीरालो र माटो खुकुलो भएका कारण वर्षायामको अवधिमा बाढी पहिराले तार तथा खम्वाहरू क्षति हुने गरेको प्राधिकरणका विद्युत् प्राविधिक बताउछन् । कुनै ग्राहकको घरमा विद्युत् प्रसारण अवरोध भएमा  छिटो भन्दा छिटो सूचना दिने ग्राहकको हकमा मध्यान्ह १२ बजे भित्र सोही दिन र त्यसपछि सूचना दिने ग्राहकको भने काम गर्दै जाँदा मर्मत कार्य सम्पन्न नसके भोलिपल्ट विद्युत् आपुर्ति गराउने कार्य तालिका बनाइएको बताइएको छ ।

 यस्तै विद्युत् उपभोग गर्ने ग्राहकले इसेवा मार्फत शुल्क तिर्न सक्ने  र ग्रामिण क्षेत्रमा यस्तो सेवाबाट तिर्न नसक्नेका लागि धुञ्चे, कालिकास्थान  एवं वेत्रावतीको एकाइमा बुझाउन सक्ने व्यवस्था मिलाइएको छ  ।  तिर्नुपर्ने मासिक शुल्क भने मिटर परिक्षण गर्ने कर्मचारीले परिक्षण गर्दासाथ ग्राहकलाई उपलव्ध गराउने गरेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखा धुञ्चेले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE