Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

सामाजिक सुरक्षा भत्ताबाट बञ्चितलाई ‘प्रिपेड कार्ड’

रासस

कञ्जनपुर । कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सकेका छैनन । आवश्यक कागजात पुरयाउन नसक्दा उनी भत्ता पाउनबाट बञ्चित हुनु परेको हो ।

 नगरपालिका कार्यालयबाट उपलव्ध हुने भत्ताको रकम नपाएकोमा भने उनी चिन्तित छैनन् । भुललाई निड्स कञ्चनपुरले प्रिपेड कार्ड उपलव्ध गराएको छ । 

कार्डबाट उनले आवश्यक सामान खरिद गर्दै आएका छन् । लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका सामान खरिद गर्ने कार्यसँगै आवश्यक परेको बेला नगदसमेत कार्डका माध्यमबाट झिक्दै आएका छन्। ‘भत्ताका लागि नगरपालिका कार्यालयमा धेरै पटक पुग्दा कागजात नपुगको भनेर फर्काउने गरियो’, उनले भने, ‘घर खर्च चलाउन निकै असजिलो भएको अवस्थामा निड्सले सहयोग गरी गुन लगाएको छ ।’
 सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका, प्रक्रियामा रहेका र कोभिडबाट प्रभावित, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, एकल महिला, दलित पोषण भत्ताबाट बञ्चितलाई युके एडको आर्थिक सहयोगमा मर्सिकोर, प्लान इन्टरनेशनल  र निड्सको साझेदारीमा सञ्चालित रेजिलियन्स प्लस अन्तर्गत आपतकालीन सहयोग कार्यक्रमका माध्यमबाट प्रिपेड कार्ड उपलव्ध गराइ भत्तावापतको रकम उपलव्ध गराइदै आएको छ ।

कार्यक्रम अन्र्तगत कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका लक्षित व्यक्तिलाई कार्ड दिइएको छ । कार्डबाट रु १३ हजार ५०० मूल्य बरावरको सामान खरिद गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित ठाउका पसलमा कार्ड स्वीप गर्नका लागि मेसिनको समेत व्यवस्था गरिएको छ ।

 कृष्णपुर नगरपालिकाका ४२० र दोधारा चाँदनीका ८८ जनालाई कार्ड उपलव्ध गराइएको निड्स कञ्चनपुरका निर्देशक भवराज रेग्मीले बताए । उनले भने, ‘रकम जुन उद्देश्यका लागि खर्च गर्न उपलव्ध गराएका छौं सोही प्रयोजनका लागि खर्च हुन्छ । कार्डको प्रयोगले दुरुपयोग हुन पाउँदैन । कञ्चनपुरका कृष्णपुर, दोधारा चाँदनी र कैलालीको चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending