Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

व्यक्तिको जग्गामा १९ वर्षपछि बन्यो आधुनिक बसपार्क

खेमराज गौतम

गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण पार्किङस्थल कालोपत्रेको काम रोकिएको थियो । बसपार्कले अन्तिम रूप लिए पनि कालोपत्रेमा ढिलाइ भएको थियो । मौसममा सुधार आएसँगै मङ्गलबारदेखि बसपार्क कालोपत्रेको काम शुरु भएको यो काम मौसमले साथ दिए दुई दिनमै सकिने निर्माण कम्पनीले जनाएको छ ।

बसपार्क निर्माणका लागि १९ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा नि:शुल्क बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।  लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माणले जनप्रतिनिधिको आगमनसँगै २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा गति लिएको थियो । ठेक्का स्वीकृत भएको साढे दुई वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएका नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा नि:शुल्क दिए पनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन । 

बागलुङ–४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीय ५२ जग्गादाताले नि:शुल्क उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम लगभग सकिएको नगरपालिकाका इन्जीनियर मनोज शर्माले जानकारी दिए । ‘बसपार्कमा निर्माणको काम लगभग सकिएको छ, रङ्गरोगन, विद्युत् जडान भइसेको छ, बाँकी आठ प्रतिशत प्रगति थियो, त्यो पनि पार्किङस्थलको कालोपत्रे शुरु भएको छ’, शर्माले भने, ‘मौसमले साथ दिएमा एक हप्ताभित्रै बसपार्कको काम सकिनेछ र त्यस लगत्तै सञ्चालनमा आउने छ ।’ डेढ वर्षमा सकिने बसपार्क कोरोनाका कारण साढे दुई वर्षमा सकिएको हो । 

वि.सं. २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महिना म्याद थपिएको हो । पुन: कोरोनाको कारण देखाउँदै छ महिना म्याद थपिएको थियो ।  अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङस्थल कालोपत्रेसमेत भइरहेको छ ।  

कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि बसपार्क निर्माणको कामले अन्तिम रूप लिएको निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिए । 

नगरवासीको १९ वर्षदेखिको आधुनिक र व्यवस्थित बसपार्क निर्माणको सपना पूरा गर्नु ठूलो सफलता भएको नगर प्रमुख जनकराज पौडेलले बताए । ‘१९ वर्ष पहिला करोडौँ मूल्यको जग्गा नगरपालिकालाई दिइएको थियो तर जनप्रतिनिधिविहीन हुँदा काम हुन सकेको थिएन, अहिले बसपार्क हस्तान्तरणको चरणमा पुगेको छ, एक हप्तामै सबै काम सकिनेछ’, नगर प्रमुख पौडेलले भने, ‘हामी निर्वाचित भएर आएपछि बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियौँ, अहिले लगभग निर्माण सकिएको छ, यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफलसमेत शुरु गरेका छौँ, छिट्टै सञ्चालनमा आउनेछ ।’ 

स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ वटा घडेरी निर्माण गर्ने गरी नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो । लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा स्थानीयवासी निराश थिए । ढिलै भए पनि बसपार्क बनेकोमा खुसी भएको जग्गादाता गुणनिधि शर्माले बताए । धान फल्ने जग्गा नगरपालिकालाई बसपार्क बनाउन दिएको १९ वर्षपछि बल्ल सपना साकार भएको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिए । 

 व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन । टर्मिनल भवनको भुइँ तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।  नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending