Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

व्यक्तिको जग्गामा १९ वर्षपछि बन्यो आधुनिक बसपार्क

खेमराज गौतम

गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण पार्किङस्थल कालोपत्रेको काम रोकिएको थियो । बसपार्कले अन्तिम रूप लिए पनि कालोपत्रेमा ढिलाइ भएको थियो । मौसममा सुधार आएसँगै मङ्गलबारदेखि बसपार्क कालोपत्रेको काम शुरु भएको यो काम मौसमले साथ दिए दुई दिनमै सकिने निर्माण कम्पनीले जनाएको छ ।

बसपार्क निर्माणका लागि १९ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा नि:शुल्क बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।  लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माणले जनप्रतिनिधिको आगमनसँगै २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा गति लिएको थियो । ठेक्का स्वीकृत भएको साढे दुई वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएका नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा नि:शुल्क दिए पनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन । 

बागलुङ–४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीय ५२ जग्गादाताले नि:शुल्क उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम लगभग सकिएको नगरपालिकाका इन्जीनियर मनोज शर्माले जानकारी दिए । ‘बसपार्कमा निर्माणको काम लगभग सकिएको छ, रङ्गरोगन, विद्युत् जडान भइसेको छ, बाँकी आठ प्रतिशत प्रगति थियो, त्यो पनि पार्किङस्थलको कालोपत्रे शुरु भएको छ’, शर्माले भने, ‘मौसमले साथ दिएमा एक हप्ताभित्रै बसपार्कको काम सकिनेछ र त्यस लगत्तै सञ्चालनमा आउने छ ।’ डेढ वर्षमा सकिने बसपार्क कोरोनाका कारण साढे दुई वर्षमा सकिएको हो । 

वि.सं. २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महिना म्याद थपिएको हो । पुन: कोरोनाको कारण देखाउँदै छ महिना म्याद थपिएको थियो ।  अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङस्थल कालोपत्रेसमेत भइरहेको छ ।  

कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि बसपार्क निर्माणको कामले अन्तिम रूप लिएको निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिए । 

नगरवासीको १९ वर्षदेखिको आधुनिक र व्यवस्थित बसपार्क निर्माणको सपना पूरा गर्नु ठूलो सफलता भएको नगर प्रमुख जनकराज पौडेलले बताए । ‘१९ वर्ष पहिला करोडौँ मूल्यको जग्गा नगरपालिकालाई दिइएको थियो तर जनप्रतिनिधिविहीन हुँदा काम हुन सकेको थिएन, अहिले बसपार्क हस्तान्तरणको चरणमा पुगेको छ, एक हप्तामै सबै काम सकिनेछ’, नगर प्रमुख पौडेलले भने, ‘हामी निर्वाचित भएर आएपछि बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियौँ, अहिले लगभग निर्माण सकिएको छ, यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफलसमेत शुरु गरेका छौँ, छिट्टै सञ्चालनमा आउनेछ ।’ 

स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ वटा घडेरी निर्माण गर्ने गरी नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो । लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा स्थानीयवासी निराश थिए । ढिलै भए पनि बसपार्क बनेकोमा खुसी भएको जग्गादाता गुणनिधि शर्माले बताए । धान फल्ने जग्गा नगरपालिकालाई बसपार्क बनाउन दिएको १९ वर्षपछि बल्ल सपना साकार भएको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिए । 

 व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन । टर्मिनल भवनको भुइँ तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।  नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending