Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा

रासस

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुन: बढाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो । कोरोना सङ्क्रमण उल्लेख्य रूपमा घटिनसकेको अवस्थालाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेशको समयलाई बढाइएको हो । 

निषेधाज्ञाको समयमा यसअघिको भन्दा अझै खुकुलो पारिएको छ । यस समयमा जिल्लास्थित विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना गरी आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि आलोपालो माध्यममा सेवा प्रवाह गर्दै आएका राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा सञ्चालन गर्ने र बीमा समिति, बीमा कम्पनी, रेमिट र गैरसरकारी संस्थाहरुले भिडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर न्यूनतम जनशक्ति परिचालन गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

विकास निर्माणजन्य सामग्रीका पसल(हार्डवेयर, बिजुली, स्यानिटरी, सिमेन्ट र छड) बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहार वस्तु, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने छ । सुन पसल, भाँडा पसल, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्ट्स पसल र इलेक्ट्रोनिक पसलहरु आइतबार, मङ्गलबार र बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै निजी सवारी साधन ९कार, जीप, भ्यान० बढीमा चार जना र ट्याक्सीमा बढीमा तीन जना तथा मोटरसाइकल, स्कुटर जोर बिजोर प्रणालीमा सञ्चालन हुनेछन् । सो समयावधिमा सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल बीउबिजन, पुश चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधन निर्वाधरूपमा सञ्चालन गर्न पाउने भएका छन् ।

सार्वजनिक निर्माणका सामग्री ढुङ्गा, बालुवा गिटीलगायतका सामग्री जिल्लाबाहिर ढुवानी गर्ने सवारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी जिल्लाभित्रको हकमा बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म तथा जिल्लाबाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

जिल्लामा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ३७ थपिएसँगै जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ७८७ पुगेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending