काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्गठन गर्ने भएपछि केन्द्रीय समिति विस्तार गर्ने भएको छ। सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन एमाले र माओवादी ब्युँताएपछि माओवादी पुनर्गठन गर्नेक्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्याउन लागेको हो।
तत्कालीन नेकपाकाे ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना थिए। एमाले माओवादी ब्युँतिएपछि माओवादीले २ सय ९९ जना केन्द्रीय कमिटी बनाउन लागेको हो। माओवादीका २ सय केन्द्रीय सदस्य मध्ये १८ जना एमाले प्रवेश गरेकाले त्यसलाई समेत थप गरेर केन्द्रीय कमिटी थप गर्न लागेको हो। एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’सहितको टिम माओवादी नफर्किने निश्चित भएपछि उनीहरुको ठाउँमा समेत केन्द्रीय कमिटी फुलफिल गर्न लागिएको हो। माओवादीबाट १८ केन्द्रीय सदस्य एमाले प्रवेश गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले २३ केन्द्रीय सदस्य बनाएका छन्।
आफ्नै संगठनतिर फर्किएको माओवादी पार्टीको अवस्थाका विषयमा ६ सदस्यीय कार्यदल बनाएर अध्ययन जारी राखेको छ। जसमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल रहेका छन्।
उक्त कार्यदलले पार्टी विधान र संगठन अवस्थाका विषयमा गृहकार्य गरिरहेको कार्यदल सदस्य एमव् स्थायी समिति सदस्य मातृका यादवले बताए। ‘कार्यदललाई पार्टी विधान, संगठनको अवस्था र पार्टीको समग्र अवस्थाको विषयमा अध्ययन गर्न जिम्मा दिएको थियो,’ यादवले भने, ‘पार्टी विधान लगभग तयार भइसक्यो। विधान बमोजिम २ सय ९९ जना केन्द्रीय सदस्य बनाउनु पर्ने भएको छ। पार्टी संगठनको अवस्था र भावी कार्यक्रमका विषयमा कार्यदलका अन्य सदस्यहरुले तयार गर्नुहुनेछ।’ सबै प्रदेश र जिल्लाबाट केन्द्रीय सदस्यको नाम सिफारिस भएमा स्थायी कमिटीमा छलफल भई केन्द्रीय कमिटीले अनमोदन गर्ने भएको हो।
माओवादीले समावेशी सहितको जुझारु नयाँ केन्द्रीय समिति बनाउन प्रदेश र जिल्ला कमिटीलाई नाम पठाउन निर्देशन दिएको छ। नयाँ थपिने १ सय १७ जना केन्द्रीय सदस्य जनजाति, मधेसी, दलित, मुस्लिम अल्पसंख्यकलगायत सबै समुदायको समेटिने गरी नाम पठाउन भनिएको छ।
प्रदेश र जिल्लाले नयाँ केन्द्रीय सदस्यको नाम सिफारिस गरेपछि केन्द्रले केन्द्रीय सदस्यको नाम टुंगो लगाउने भएको हो। ‘अब बनाउने केन्द्रीय समितिमा ४० वर्ष पेरिफेरीका युवा नेताहरुलाई ल्याउने भनिएको छ। त्यहाँ सबै समुदायिको समेत प्रतिनिधित्व हुनेगरी भनिएको छ,’ स्थायी कमिटी सदस्य यादवले भने, ‘सबै प्रदेश र जिल्लाबाट नाम प्राप्त भएपछि केन्द्रीय समितिले पूर्णता पाउनेछ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: