Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

विराटनगर महानगरपालिकाद्वारा स्वास्थ्य सहयोग गर्न अन्तर्राष्ट्रिय निकायलाई आह्वान

रासस

मोरङ । विराटनगर महानगरपालिकाले  कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पुर्याउन अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेको छ  । सङ्घीय र प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि खोप सहित अन्य स्वास्थ्य सामग्री सहज रुपमा उपलब्ध गराउन नसकेको जनाउँदै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका अन्तर्राष्ट्रिय«य सहर र विभिन्न दातृ  संस्थासँग सहयोगको  अपिल गरेको हो । 


शनिबार सञ्चारकर्मीसँग भर्जुअल छलफलमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्व अनुसार खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको बताए । उनले भने, “खोप खरिदका लागि सङ्घीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरीद प्रक्रियामा अघि बढ्न सकिएको छैन । सरकारले उपलब्ध गराएको खोप पनि अपुग छ । जनगुनासो बढ्दो छ । यसकारण खोप ल्याउन सरकारले सहज वातावरण बनाउन  आवश्यक छ ।”

विगतमा  महानगरपालिकासँग प्रत्यक्षरुपमा काम गरेका र लामो समयदेखि सम्बन्ध भएका देश, भगिनी सम्बन्ध कायम भएका र हुन गइरहेका शहर तथा अन्तर्राष्ट्रिय संस्थाहरु राष्ट्रसंघीय विकास कार्यक्रम, करुणा फाउन्डेसन नेपाल, हेल्थ इन्भाइरोन्मेन्ट एन्ड क्लाइमेट एक्शन फाउन्डेसन, रोटरी क्लब इन्टरनेशनल र निजी क्षेत्रले अत्यन्तै सहयोग गरेकामा प्रमुख पराजुलीले  प्रशंसा  गरे ।


यस्तै महानगरले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोभिडको नयाँ भेरियन्ट महानगरपालिकामा समुदायस्तरमा फैलिएको र तेस्रो चरणको समेत भेरियन्ट आउने सम्भावनालाई दृष्टिगत गरी  ती सस्थालाई विगतमा जस्तै सहयोग आह्वान गरेको छ ।


ती निकायलाई अति आवश्यक स्वास्थ्य सामग्री अक्सिजन, कन्सन्ट्रेटर, भेन्टिलेटर, भिटिएम, एन्टीजेन किट, अक्सिमिटरसहित खोप प्रबन्धका गर्न अपिल गरेको छ । महानगरप्रमुख पराजुलीले महानगरले गरेको अपीललाई अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुले सहयोग गर्नेमा आशावादी रहेको बताउँदै विगतका दिनहरुमा पनि ती संस्था र राष्ट्रले गरेको योगदानको  स्मरण गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending