Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

बच्चा जन्माउने प्रतिबन्धलाई किन हटाउँदैछ चीन ?

खबरडबली संवाददाता

बेइजिङ । चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ । 

रिपोर्ट अनुसार सरकारले चीनको चालु पञ्चबर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउन सक्छ । 

चीनको राष्ट्रिय तथ्याङ्क विभागले मेमा सार्वजनिक तथ्याङ्कमा देशको जन्म दर सन् २०१६ देखि सन् २०२० सम्म लगातार चार बर्षसम्म घटेको देखिएको थियो । सन् १९५० पछि विश्वव्यापी रूपमा नै सिनच्याङ प्रान्तमा सबैभन्दा बढी जन्मदर घटेको देखाइएको छ । चिनियाँ स्रोतलाई उद्धृत गर्दै ‘द वाल जर्नल’ भनिएको छ, 'चीनले जन्मदर कम भएका क्षेत्रहरूमा छिट्टै प्रतिबन्धलाई सहज बनाउन थाल्नेछ र क्रमशः अन्य प्रान्तहरूमा पनि यो योजना अघि बढाउनेछ ।'

चीनले जनसङ्ख्या नियन्त्रणका लागि महिलाहरूलाई बन्ध्याकरणका लागि प्रोत्साहन गरेपछि पाको उमेरको जनस ङ्ख्या अधिक भएको छ । जनसङ्ख्या नियन्त्रणको लागि तय गरिएको नियम तोड्नेलाई जेल सजाय दिने नीतिहरूको कारण जन्मदरमा निकै कमी आएको जर्नलमा उल्लेख छ ।

गत वर्ष परिवर्तनको बावजुद, चीनले खाद्य सङ्कटको चरम विन्दुको तुलनामा देशको हालको आर्थिक वृद्धिपछि पनि प्रति वर्षको नवजात शिशुहरूको जन्म दरमाकमी देखिएपछि नयाँ नीति ल्याई जन्मदरलाई बढाउन लागेको बताइएको छ । चीनमा अहिले पनि प्रति व्यक्ति आय अझै पनि छिमेकी दक्षिण कोरियाभन्दा आधा कम रहेको अमेरिकी पत्रिका वाशिङ्गटन पोस्टले हालै उल्लेख गरेको छ । 

यसअघि सीएनएनमा प्रकाशित एक लेखमा केही विज्ञहरूलाई उद्धृत गरी बेइजिङ्ले बच्चा जन्माउने नियमलाई किन पूरै नहटाएको हो भन्ने सन्दर्भमा यसको कारण सिन्च्याङ हुन सक्ने बताइएको छ । बेन वेस्टकोटले सीएनएनमा लेख्नुभएको छ, 'चीनले विशेष गरी सिनच्याङस्थित जातीय अल्पसङ्ख्यक समुदायप्रति बेइजिङ्को मनोविज्ञानका कारण उनीहरूको अभिभावकत्व सीमित राखेको छ ।' 

यसबाहेक, चिनियाँ सरकारले परिवारमा तीन बच्चाको सीमा राख्नुको कारण सिन्च्याङको जन्म दरमा नियन्त्रण कायम राख्नु भएको कतिपय चिनियाँ प्रशासनका आलोचकहरूले भने पनि खासमा १९५० को दशकमा देखिएको उच्च जनसङ्ख्या वृद्धिका कारण आएको खाद्य सङ्कट र अनियन्त्रित जनसङ्ख्या वृद्धि रोक्नु नै ४० बर्ष पहिले अख्तियार गरेको एक बच्चा नीति चीनका लागि बरदान बनेको थियो । 

तर पछिल्लो दशकहरूमा अन्य विकशित मुलुकमा जस्तै चिनियाँहरूले पनि बच्चा जन्माउन नचाहनु बेढ्यौली जनसङ्ख्या बृद्धिको प्रमुख कारण हो ।

कुनै समय अत्यधिक जनसङ्ख्याका कारण असहज बनेको चिनियाँ खाद्य सङ्कट र कमजोर अर्थतन्त्र एक बच्चा नीतिका कारण सफल भएको बताउने गरिन्छ ।

चीनको विकासको क्रममा नीतिले सफलतापूर्वक जन्मदरमा कडाई भएका कारण यसको नकारात्मक प्रभाब हालैका वर्षहरूमा युवा जनसङ्ख्यामा कमी देखिनुलाई मानिएको छ । अधिकारीहरूले देशको आर्थिक वृद्धिको शक्तिलाई थप शसक्त पार्न पर्याप्त युवा श्रमिकहरू हुनुपर्दछ तर चीनको अहिलेको अवस्थाले योभन्दा भिन्न स्थितिको सामना गर्नुपर्ने विज्ञहरूको सुझाब आएका कारण सरकारले बच्चा जन्माउने सीमालाई हटाउन लागेको भनाइहरूमा थप सत्यता देख्न सकिन्छ ।

यो जनसङ्ख्या समस्यालाई सम्बोधन गर्न चीनले सन् २०१६ देखि एक दम्पत्ती एक बच्चा नीतिलाई खुकुलो पार्दै दुई बच्चा जन्माउन पाउने नीति अघि ल्याएको थियो । यसमा पनि थप संशोधन गर्दै यसै बर्षदेखि एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने प्राबधान ल्याइएको छ । (एएनआई)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा ५ मा सुकुम्वासीको आक्रोश : ‘डोजर आतंक’ विरुद्ध सडकमा आन्दोलन

झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध ...

सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध भएकाे र अफवाह नफैलाउन साम्पाङकाे आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा जोडिइसकेको दाबी गरेका छ...

अमेरिका–इरानबिच ठुलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

काठमाडाैँ। संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति ...

गुराँस गाउँपालिकामा विवाद : अध्यक्षद्वारा प्रशासकीय अधिकृतमाथि गिलास प्रहार

सुर्खेत । गुराँस गाउँपालिका का अध्यक्ष टोपबहादुर बिसी माथि प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप लागेको छ। वैशाख २१ गते दिउँसो करिब २...

नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्क...

भोगाधिकार समाप्त भएका सरकारी जग्गा खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा

काठमाडौं।   वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हु...

११ सहसचिवको सरुवा कसकाे कहाँ ?

काठमाडौँ ।  सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर...

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्म...

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending